तस्कर सोहराब द्वारा बर्दियाका सिडियोलाई तस्करी कार्यमा सहयोग गर्न अफर ! सिडियोले भने…..उडाईदिन्छु

९ भदौ, नेपालगञ्ज/  आईतबार सांझ ७ बजेर २५ मिनेटमा बर्दियाको सिमावर्ती क्षेत्र नजिक पर्ने भारतको बलेगांउका सोहराबले आफनो मोबाईल नम्बरबाट बर्दियाका सिडियोले प्रयोग गर्ने कार्यालयको मोबाईल नम्बरमा फोन गरेका छन ।

उताबाट सिडियो हेलो कस्लाई खोज्नुभएको ? यता सोहरावले भने मैले सिडियो सापलाई खोजेको । सिडियोले मोबाईलमै भन्नु भयो : हजुर म बोल्दै छु, के सेवा गर्नुप–यो भन्नुस ।

सोहरावले मोबाईल मै भने सर म हजुरहरुकै सहयोगी हु । दशै तिहार पनि आउन लाग्यो । यसो सानो तिनो सहयोग गरिदिनुप–यो । उताबाट बर्दियाको सिडियो राम बहादुर कुरुम्वांगको आवाजमाः के सहयोग गर्नुप–यो भन्नुस ।

तस्करका नाईके मध्यका एक सोहरावे यताबाट मोबाईल बाटै भनेः सर, यताबाट खसि/बाख्रा उता लिन नपाएर किसानहरु समस्यामा छन । उता नेपाल तिर ल्याउन सहयोग गरिदिनु प–यो, सर आए देखी हामीलाई सारै समस्या भएको छ । सरले सहयोग गरिदिनु प–यो । त्यसका लागि हाम्रो तर्फबाट पनि ठुलै सहयोग हुन्छ ।

ए, अनी त्यो कस्तो सहयोग गरिदिनुप–यो  ? लिगल काम हो कि इलिगल के काम हो त्यो  ? सर हु न त त्यो इलिगल नै हो । सिडियोको आवाज: तपाईको घर नेपालमा कि भारतमा ? भारतमा हो सर, अनी भारतमा कहांपर्छ ? बलेगाउं नजिकै पर्छ सर, अनी को संग कुरा गर्र्दैहुनुहुन्छ थाहां छ ? थाह छ सर, अनी तिमीले सिडियोसंग इलिगल काम गर्न सहयोग माग्ने ?  तिमी यता नेपालमा देखियौ र भेटियौं भने म तिमीलाई……..उडाईदिन्छु बुझयौं ।

यो मोबाईल टेलीफोन संवादको केही अंश आईतबार सांझ नेपाल–भारत सिमावर्ती क्षेत्रमा तस्करीको लाईन मिलाउने नाईके तस्कर सोहराव र बर्दियाका सिडियो बीचको हो ।

बांकेमा हाल २८ जना तस्करले नेपाल–भारत सिमावर्ती क्षेत्रबाट अवैध रुपमा समान ओसार पसार गरिरहेकोमा मेरो मात्र नाम किन लेखेको ! बस पार्कका लिलाले हाम्रो संरचनामा टेलीफोन गरि भनेको केही दिन पछी तस्करहरु केही झस्किएर बांकेबाट बर्दिया तर्फ लागेका थिए ।

बर्दियामा पनि गतिलै सिडियोको झटका खाएपछी तस्करहरु बांकेमै तस्करीको जसरी पनि लाईन मिलाउने चक्करमा लागिरहेका छन ।
भारतसंग सिमा जोडिएका नेपालका बांके,बर्दिया जिल्लाका सिमावर्ती क्षेत्रमा अबाञ्छीत क्रियाकाप तथा तस्करी लामो समय देखी संस्थागतरुपमा मौलाएकोमा तस्करले सिडियोलाई गरेको टेलीफोन संवादले बर्दियामा तस्करहरु बीच छटपटाहट भएको देखाउछ ।

बर्दियाका सिडियो राम बहादुर कुरुम्वांगले तस्करी कार्यमा सुन्य सहनसिलता अपनाउन मातहत संगठनहरुलाइ यस अघि नै निर्देशन जारि गरि आफै सक्रियरुपमा लागेपछी बर्दियाका संगठित तस्कर र उक्त तस्करीबाट आम्दानी गर्नेहरुमा छटपटाहट भएको स्रोतले जानकारी दिएको छ ।

स्रोतले बर्दिया जिल्लामा बिगतमा तस्करी तथा अन्य गैर कानुनी तरिकाले आम्दानी गर्नेहरुको लगत संकलन गरि आवश्य छानबीन तथा कार्बाहीका लागि सम्वन्धीत निकायमा प्रक्रियागत रुपमा अगाढी बढाएको स्रोत जानकारी दिएको छ ।
स्रोतले बांकेका मन्त्री भौतिक पूर्वाधार मन्त्री इस्तियाक राईको नाम बेचेर तस्करी कार्यको लागि दवाब सृर्जना गरे पनि सिडियो साप झुक्नु भएको छैन । अगाढी के हुन्छ हेरम ।

खसीबाख्रा तस्करीका लागि सिडियोलाई फोन गरि सहयोग अफर गर्ने उक्त भारतिय नागरिक तस्कर सोहराबको टेलीफोन ट्रेस गरि आवश्यक छानबनि गर्न बर्दियाका प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट आईतबार सांझ नै जिल्ला प्रहरी कार्यालय बर्दियालाई जानकारी गराई सकिएको बताइएको छ ।  (टेलीफोन संवाद समाचार प्रकाशनका लागि मात्र ।)