११ भदौं ,हर्रे,सुर्खेत/ सुर्खेतको हर्रेमा बुधबार बिहान यात्रु बहाक बस दुर्घटना हुदा ३ जना यात्रुको मुत्यू भएको छ भने २५ जना घाईते भएका छन ।
पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडि बजारबाट मंगलबार सांझ ५ बजे नेपालगञ्जका लागी छुटेको भेरी गंगा यातायात ब्यवसाय समितिको ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान करीब ४ बजेतिर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बिहान करीब ४ बजेतिर गाडीको ब्रेक फेल भएर सुर्खेत जिल्लाको हर्रेमा रहेको एमाले मोड नजिकै उक्त बस दुर्घटना भएको हो । प्रहरीका अनुसार हाल सम्म ३ जनाको मुत्यू र २५ जना घाईतेलाई बांकेको कोहलपुर स्थित मेडिकल कलेजमा उपचारको लागी पठाएको जनाएको छ ।
हाल सम्म ३ जना मृर्तकको सनाखत हुन बाँकी रहेको छ। बसमा चालक सहित ४ बच्चा ८ जना महिला र पुरुष १३ जना गरि जम्मा २५ जना घाईते भएको ट्राफिक प्रहरीको भनाइ छ ।
राडी बाट ९ जना कालिमाटि बाट ७ जना मटेलाबाट ४ जना गरी यात्रु लिएको र अन्य बाटोमा हाल्दै यात्रु बोकेको यातायात ब्यवसायी समितिले जनाएको छ ।
हाम्रो संरचना । ११ भाद्र २०७६, बुधबार ११:४१