नेपालगञ्ज स्थित अख्तियार प्रमुख गणेश गैरे सहितको टोली जिल्ला प्रशासन बांकेमा: नागरिकता अनुसूचि गायब बिषयमा चासो

२४ भदौ,नेपालगञ्ज/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज स्थित कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट जारि भएका नेपाली नागरिकताको अनुसुचि फारम गायब भएको बिषयमा अध्ययन अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बांकेबाट जारि भएका नेपाली नागरिकताको करिब २५ प्रतिशतको अनुसूचि फारम गायब भएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज स्थित सम्पर्क कार्यालयका प्रमुख गणेश गैर सहितको टोलीले जिल्ला प्रशासन कार्यालय बांकेको नागरिकता फांटको निरिक्षण गरि प्ररारम्भीक अनुसन्धान गरि आवश्यक केही तस्बीर समेत लिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाट जारि भएका नेपाली नागरिकताको बिषयमा अख्तियारमा समेत उजुरी परेका केही नागरिकताको बिषयमा अख्तियारले सूचना माग गरेकोमा उक्त सूचनाको समेत जिल्ला प्रशासनबाट नदिएपछी अख्तियारको टोलीले आईतबार आफै नागरिकता फांटमा गएर अध्ययन अनुसन्धान गरेको हो ।

जिल्ला प्रशासन कार्यालयम बांकेबाट बिगतको समयमा नेपाली नागरिकता बिभिन्न ब्यक्तीहरुले केही कर्मचारिहरुलाई प्रलोभनमा पारि नेपाली नागरिकता बिक्री गरेको केही घटनाहरु यस अघि नै सार्वजनिक भईसकेको छ ।

जिल्ला प्रशासनबाट हाल सम्म जारि भएका नागरिकता मध्य करीब २५ प्रतिशत नेपाली नागरिकताको अनुसूचि गायब पारिएकोमा ति नागरिकता मध्य केही नेपाली नागरिकता किनबेचबाट हासिल गरिएको हुनसक्ने आंशंका सगै नागरिकताका बिषयमा समेत अख्तियारले प्ररारम्भी अध्ययन अनुसन्धान गरेको हो ।

नागरिकताका बिषयमा अख्तियारले गृह मन्त्रालयबाट रिपोर्ट माग गर्ने गरेकोमा उजुरी परेका केही नागरिकताका बिषयमा जिल्ला प्रशासन कतर्यालय बांकेले अनुसूचि फारम गायब पारिरकाले रिपोट दिनसकेको छैन ।

जिल्ला प्रशासन कार्यालय बांकेबाट जारि भएका नागरिकताको अनुसूचि फारम नै गायब पारिएपछी के-कसरी नागरिकता प्राप्त गरेको हो, भन्ने बिषयमा जानकारी नहुने भएकाले उक्त अनुसूचि फारम गायब पारिएको हुन सक्ने स्रोतले बताएको छ ।

जिल्ला प्रशासन कायाल्य बांके स्रोतका अनुसार केही बर्ष अघि सम्म नागरिकताको रेकड सबै ठिक/ठाक भएकोमा आर्थिक बर्ष २०६२/६३ मा जारि भएका नागरिकता लगायत पुरानो नागरिकताका बिषयमा समेत उजुरी पर्न थालेपछी ति नागरिकताको पोकाहरु गायब पारिएको र केही कृतिम रुपमा नै पानीमा भिजाईएको केही च्यातिएको हुनसक्ने अवस्थामा रहेको स्रोतले बताएको छ ।

जिल्ला प्रशासन कार्यालय बांकेबाट जारि भएका नेपाली नागरिकताको अनुसूचि फारम गायबका बिषयमा जिल्ला प्रशासन कार्यालय आफैले आन्तरिक छानबनि पनि गरिरहेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बांकेमा हालै सरुवा भएर आउनु भएको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले नागरिकताको बिना कारण अनुसूचि  गायब जस्तो गम्भिर बिषय रहेकाले आन्तरिक छानबीनको बिषय बनाएर अगाढी बढने बताउनु भएको छ ।

हाम्रो संरचनासंग टेलीफोनमा कुरा गदै प्रमुख जिल्ला अधिकारी खडकाले नागरिकता जस्तो सम्बेदनशिल बिषयमा ध्यान आकृष्ट भएको र सम्वन्धति निकायले पनी काम गर्ने भएकाले आफुले उक्त बिषयमा गम्भीर रुपमा लाग्ने बताउनुभयो ।