अष्ट्रेलिया जान चाहने बिद्यार्थीका लागि नेपालगञ्जमा निशुल्क शैक्षिक परामर्श गोष्ठी

२६ भदौ, नेपालगञ्ज/नेपालगञ्जको  धम्बोजीमा रहेको एक्सपर्ट नामक एक शैक्षिक परामर्श कम्पनीले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका यहि भदौ २७ गते शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नेपालगञ्जको बाटिका होटेलमा १ दिने निशुल्क शैक्षिक परामर्श गोष्ठीको आयोजना गरेको जनाएको छ ।

अष्ट्रेलिया जानको लागि के के कुराको आवश्यक तथा कुन कुन प्रक्रिया चाल्नुपर्छ भन्ने जानकारी दिने उद्देश्यले ग्राण्ड सेमिनार गर्न लागिएको एक्सपर्ट नेपालगञ्जका बजार प्रन्धक सुमन थापाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सेमिनारमा अस्ट्रेलियाका ८ वटा ख्याति प्राप्त कलेज तथा विश्व विद्यालयका प्रतिनिधिहरुले अष्ट्रेलियन शिक्षा प्रणाली , कलेज तथा विश्वविद्यालयमा पढाई हुने विभिन्न बिषय तथा शुल्कका बारेमा जानकारी गराउने गरि गोष्ठीमा ब्यस्था मिलाईएको छ ।

कार्यक्रममा सहभागीहरुले प्रत्यक्ष रुपम अस्ट्रेलियाका विभिन्न कलेज तथा विश्व विद्यालयका प्रतिनिधिहरुसँग परामर्श सेवा प्राप्त गर्नुका साथै अस्ट्रेलिया जानका लागि आवश्यक सम्पुर्ण प्रक्रियाहरुको बारेमा जानकारी प्राप्त गर्नसक्ने आयोजकहरुले जनाएको  छ।

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेज कम्पनीले नेपालबाट उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई परामर्श लगायत भिसा सेवा समेत प्रदान गर्दै आएको छ।

हालसम्म नेपालबाट आई.ई.एल.टि.एस(आएल्स)को तथा भिसा सम्बन्धि सम्पूर्ण प्रक्रिया गराई करिव ४० हजार विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाई सकेको जनाएको छ ।