अस्पतालले मृत घोषित गरेको बच्चा सदगद गर्दा जीवितै

२७ भदौ,नेपालगञ्ज/ नेपालगञ्जमा रहेको सबै भन्दा ठुलो सरकारी अस्पताल भेरी अस्पतालमा शुक्रबार बिहान प्रसुती वार्डमा जीवित जन्मेको शिशुलाई अस्पतालले मृत घोषित गरी अन्तिम संस्कार गर्न लाग्दा जीवितै भेटिएको छ ।

जाजरकोट छेडागांड नगरपालिका वडा नम्वर ९ घर भएकी कमला अधिकारीले ६ महिना पुरा भएको बच्चा शुक्रबार बिहान ५ः४५ बजे भेरीको प्रसुती वार्डमा नर्मल जन्माएको थियो ।

गर्भवती भएदेखि नै भेरी अञ्चल अस्पतालमा डा। उर्मिला रिसालसंग प्राईभेट चेकजाँच गर्दै आउने क्रममा उनी बिहीबार नेपालगञ्ज आई चेकजाँच गर्न अस्पतालमा आएकी थिईन ।

भदौ २६ गते बिहिबर सांझ एक्कासी पेट दुखेर भेरी अस्पताल ल्याईएकी कमला अधिकारीले शुक्रबारनर्मल तरिकाले छोरी जन्माएकी थिईन ।

निर्मलाली जन्माएको छोरी छोरीको मृत्यु भएको जानकारी गराईएको थियो ।
उक्त बच्चाको शरिर प्लास्टीक झोलामा राखेर शदगद गर्न अस्पताल नजिकै बुलबुलियामा रहेको मशानघाट अभिभावकले लिएर जाँदै गर्दा बच्चा जिवित भेटिएको कमलाका श्रीमान मिलन अधिकारीले जानकारी दिनुभएको छ ।

जन्मदा बच्चाको तौल ६ सय ग्रामको मात्र रहेको अस्पतालले जनाएको छ । उक्त बच्चा शुक्रबार पबहान बच्चालाई फिर्ता ल्यायर भेरी अस्पतालको एनआईसियुमा राखेर उपचार भई रहेको छ ।