सदगद गर्दा ज्यूदो पाइएको बच्चा उपचारको क्रममा मुत्यू

२८ भदौ, नेपालगञ्ज/ पश्चिम नेपालको सबै भन्दा ठुलो र एतिहासिक सरकारी अस्पताल भेरीमा नवजात शिशु चिकित्सकले मुत्यू भनि घोषणा गरि मसान घाटमा सदगद गर्दा ज्यूदो पाइएपछी पुनः भेरी अञ्चल अस्पतालमा उपचाररत शिशुको शनिबार बिहान ६ बजे मुत्यू भएको छ ।
भदौ २६ गते बिहिबर सांझ एक्कासी पेट दुखेर भेरी अस्पताल ल्याईएकी जाजरकोट छेडागांड नगरपालिका वडा नम्वर ९ घर भएकी बर्ष २० कि कमला अधिकारीले शुक्रबार बिहान ५ः४५ बजे भेरीको प्रसुती वार्डमा बच्चा जन्माएकी थिईन ।

भेरी अस्पतालबाट उच्च स्तरिय स्वास्थ्य सेवा सुबिधा लिदै आएका बिरामीहरुमा बेलाबखत केही चिकित्सक तथा स्वास्थयकर्मीहरुले गर्ने निम्नस्तरको ब्यवसायिक ब्यवहार तथा लापरबाही उत्तरदायित्वको कारण भेरी अस्पताल पनि बेला बखत बिवादमा पर्दै आउने गरेको छ ।

शुक्रबार पनि ति चिकित्सक तथा स्वास्थयकर्मीहरुले पिडित पक्षको कुरै नसुनि मेडिकल आशंकाकै भरमा मृत्यू घोषणा गर्ने गैर जिम्मेवार काम गरेको पिडित पक्षले जनाएको छ ।
डाक्टरले मुत्यू भनिएको बच्चा ज्यूदै भएकोमा भेरी अस्पताल कार्यरत रहि सोही बिषयसंग सम्वन्धीत डाक्टरहरुलाई शुक्रबार बडो ठुलो टाउंको दुखाईको बिषय बनेको भेरी अस्पतालले निकालेको प्रेस नोटमा पाईन्छ ।

अस्पतालले एक प्रेस नोट शुक्रबार नै निकाल्दै उक्त बच्चा हाल ज्यूदो रहेता पनि भेरी अस्पतालमा त्यस्ता बच्चालाई बचाउन नसकिने आसयको बिज्ञप्ती निकालेर पक्षिन खोजेको थियो ।

चिकित्सको काम हो जसरी पनि बिरामी लाई बचाउने र पुर्नजन्म दिने र आफना ब्यवसायिक आचरणलाई संयमित र आदर्श बनाई राख्ने शुक्रबारको बच्चा जन्मेर बांचेको मेडिकललाई चुनौती दिएको उक्त प्रेस नोटमा उल्लेख गरिएको छ ।

ज्यूदोलाई मृर्त घोषणा गर्नेहरुले जसरी पनि बच्चा मर्छ भन्ने आसयको प्रेस नोट निकालेकोमा शनिबार बिहान उक्त आसय सहि साबित भएको छ ।

भेरी अञ्चल अस्पतालमा पछील्लो पटक दरबन्दी अनुसार जनशक्ती नभएको र सिकित्स बिरामीका लागि आवश्यक भेन्टीलेटरको अभावमा बिरामी बचाउन नसक्नुको साथै उपचारमा समस्या उत्पन्न भएको भेरी अञ्चल अस्पतालमा कार्यरत चिकित्सकहरुले जानकारी गराउदै आएकोमा सम्वन्धीत निकाय कानमा तेल हालेर बसेको अवस्था रहेको छ ।