बाँकेको खजुरामा वक्तृत्वकला

३० भदौ,खजुरा /सुनिश्चित बालअधिकार ः समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ बाँकेको खजुरामा पनि राष्ट्रिय बाल दिवस मनाइएको छ ।

दिवसको अवसर पारेर खजुरा गाउँपालिका बाल संरक्षण समितिको आयोजना खजुरा गाउँपालिकाका ८ वटै वडा, महिला तथा बालबालिका शाखा, खेलकुद तथा शिक्षा शाखाको समन्वय र स्याक, युनेस्को र जनजागरण समाज खजुराको सहयोगमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको
छ ।

आदर्श मावि डि गाउँमा भएको बालमैत्री स्थानीय शासन ः बालबालिकाको भूमिका विषयक वक्तृत्वकलामा ज्ञानोदय नमूना मावि खजुराकी दीपशिखा भण्डारी प्रथम, जेनिथ इंलिस मिडियम स्कूल खजुराकी रितिका सापकोट द्वितिय, भानु माविका सुष्मा अन्सारी तृतीय, धुब्रतारा माविका आशिष अर्याल चौथो र गुरास मावि एलगाउँकी कविता खड्का पाँचौ भएका छन् । वि

प्रथम १० हजार, द्वितियलाई ७ हजार, तृतीयलाई ५ हजार र सन्तोना पुरस्कार ३÷३ हजार प्रदान गरिएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखाकी महिला विकास प्रमुख सहायक महिला विकास निरीक्षक सुशीला न्यौपानेले जानकारी दिइन । उ

अनुसार प्रतियोगिताको निर्यायकमा बासगढी क्याम्पसका क्याम्पस प्रमुख ईश्वरी रिजाल, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जकी प्रध्यापक चरित्रा शाह, खजुरा गाउँपालिका सामाजिक विज्ञ पूर्णचन्द्र उपाध्याय रहेका थिए ।

प्रतियोगितामा खजुरा क्षेत्रका १४ विद्यालयका छात्र छात्रा गरी २५ जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, शिक्षा शाखा प्रमुख टिकाराम गोसाई, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, ऋषिराम सापकोटा, आयोजक विद्यालय आदर्श माविका प्रअ राजेन्द्र सापकोटा लगायतको सहभागिता रहेको थियो ।