नेपालगञ्जमा इन्सेक गोष्ठी: स्थानिय निकाय र सामाजिक संस्था बीच समन्वय आवश्यक

स्मृति देवकोटा
३१ भदौ बाँके/ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा भदौ ३० र ३१ गते नेपालगञ्जमा स्थानीय तह र नागरिक संघ संगठनहरु वीच मानवअधिकारका क्षेत्रमा सहकार्य आवश्यक रहेको औल्याइएको छ । यहि इन्सेकको२ दिने आयोजित अभिमुखिकरण उदघाटन कार्यक्रममा सहभागीहरुले स्थानिय निकाय र सामाजिक संगठनहरु बीच मिलेर काम गर्न ध्यान दिनुपर्ने बताउनु भएको छ ।

उक्त कार्यकूममा नेपालगञ्ज उप९महानगरपालिका उप९प्रमुख उमा थापाले स्थानीय तहमा रहेका सावलहरुलाई पनि इन्सेक जस्ता सामाजिक संस्थाहरुले उठान गर्न सुझाव दिनुभएको छ । उहांले स्थानीय तह प्रति नागरिकका अपेक्षा बढी भएको बताउदै अपेक्षा अनुसार काम हुन नसकेको बताउनु भयो ।

बैजानाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले मानव अधिकार समूहको संयोजक भएर मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा काम गर्दा समस्या समाधानका लागि सरोकारवाला निकायमा जाने गरेको स्मरण गर्दै अहिले निर्वाचित भएर कार्यान्वयन तहमा पुगेको बताउनु भयो ।

उहांले नेपालको संविधानमा मौलिक हकले प्रत्याभूत गरेका कुराहरु मध्येनजर गर्दै काम गरीरहेको बताउनुभयो । रुचालले जनताका मौलिक हक प्रति जनप्रतिधि जिम्मेवार हुन आवस्यक रहेको बताउनु भयो ।
स्थानिय निकायबाट नागरिकले पाउनुपर्ने सेवा सुविधा प्राप्त भए नभएको विषयमा अनुगमन जरुरी रहेको रुचालले बताउनुभयो ।

इन्सेकका अध्यक्ष डा।इन्दिरा श्रेष्ठले स्थानिय तहमा के कसरी काम गर्ने भन्ने विषयमा छलफल गरि अगाडी बढ्ने बताउदै स्थानीय तहसँग सहकार्य गरेर काम गर्ने बताइन् ।

इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले इन्सेकले मानव अधिकार अभिलेखिकरण र प्रसारको काम गर्दै आएको बताउदै विगत द्वन्द्वको समयमा गरेका अभिलेखका कारण थुप्रै पीडितहरुलाई न्याय प्राप्तीमा सहयोग पुगेको बताउनुभयो ।
उहांले आवास, शिक्षा, स्वास्थ्य र खाद्म अधिकारका विषयमा सचेतना मूलक कार्यक्रम सञ्चालनमा रहेको जानकारी गराउनु भयो । निर्देशक गौतमले इन्सेकले निति निर्माण र कानून संशोधन लगायतका विषयमा समेत सुझाव दिदै आएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका १५ जिल्लाका सहजकर्ता इन्सेक केन्द्रीय कार्यालय र प्रदेश कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।