झुटा मुद्धामा उठेको कांग्रेसको आन्दोल र भ्रमको खेती गर्ने मिडिया

# प्रमोद रिजाल#

बांकेको सितापुर स्थित रेडक्रसको सभाहलमा भएको एक घटनालाई लिएर नेपाली कांग्रेस आन्दोलनमा  छ ।

सभाहलमा भएको घटनाको भिडियो र बयानहरु  सार्वजनिक भईसकेका छन । सितापुर घटनाको सुरु देखि अन्तीम सम्मको भिडियो र नेपाली कांग्रेस बांकेका संगठन बिभाग प्रमुखको बयान पनि सार्वजनिक भईसकेको छ ।

अहिल्य सञ्चारको युगमा सार्वजनिक ठाउंमा भएको घटनाको ढिलो चांढो पर्दाफास हुन्छ । उक्त घटनामा पनि नेकपा र कांग्रेस बीच कहि कतै हात हालाहाल भएको छैन । ब्यक्तीगत घटनाका बिषयमा केही सामन्य रुपमा भएको बिवादले नेपाली कांग्रेस बांकेले सितापुर स्थित सभाहलमा कार्यकर्ता बीच आयोजना गरेको कांग्रेस जागरण कार्यक्रममा बक्ताले बोल्ने क्रममा केहीबेर बिचलन भएको भिडियोमा छ ।

घटनामा ब्यक्तीगत घटनाका पात्रहरु बीच दोहरो अतिरिक्त सम्वाद भएका कारण केही समय कार्यक्रम बिथोलिएको हो । तर नेपाली कांग्रेस बांकेका तर्फबाट किरण कोईरालाले भने जस्तो नेकपाका कार्यकर्ताले आक्रमण गरेको हात भांचेको यो सबै झुटो कुरा हो । यसका लागि पाठकहरुले घटनाको भिडियो र नेपाली कांग्रेस संगठन बिभाग प्रमुख महेन्द्र मल्लको बयान पनि सुन्न सक्नुहुनेछ । तल लिंकमा दिईएको छ ।

आखिर किन किरण कोइरालाले कार्यक्रममा सांघातिक आक्रमण भएको केही कार्यकर्ता घाईते भएको र आफनो हात भांचिएको बयान दिनुभयो ? यो घटनामा उहांसगै  कार्यक्रम सहभागी रहनुभएका नेपाली कांग्रेस बांकेका नेता नक्खी खां को गलत सल्लाहका कारण चुक्नुभएको छ ।

खां बस्ने क्षेत्रमा पहिल्य राप्रपा र पछी नेपाली कांग्रेस बलियो भएकोमा मधेश आन्दोलनका क्रममा मधेशको नाममा आन्दोलन उठेको ठाउं हो । नक्की खांको बसोबास क्षेत्र रनियापुर क्षेत्र । मधेशको नाममा केही समय राजनितिक जरो गारेका खांले गएको निर्वाचनमा नेकपाले भारी मत ल्याएपछी नक्कीले पुन मधेशी र पहाडी एक आपसमा भिडाएर आफनो दुनो सोझीने भएपछी सितापुर घटनामा सगै रहनुभएकी सभापती कोइरालालाई गलत सल्लाह दिएर उक्साएर फसाएको काग्रेस बीच नै चर्चाको बिषय बनेको छ ।

नेपाली कांग्रेस बांके सभापति किरण कोइराला स्वर्गिय डाक्टर अरुण कोइरालाको धर्मपत्नी हुनुहुन्छ । डाक्टर अरुण कोईराला नेपाली कांग्रेस बांकेको सभापति भएको समयमा आपसमा देउबा र कोईराला बीच बिभाजित दुई गुटलाई एक गराउने मात्र होइन अन्य सामाजिक क्षेत्रमा पनि प्रतिष्ठीत ब्यक्तीत्व हुनुभएकाले उहांको बिगतको योगदानका अबिष्मरणिय छ । तर उहां कि धर्मपत्नी किरण कोईरालाको आफनो कार्यक्रममा सांघातिक आक्रमण भएको हानेर हात भांचिदिएको जस्ता गलत र झुटा मुद्धा उठाएर देश ब्यापीरुपमा सडमा प्रर्दशन गराउने कामको मुख्य पात्र बन्नुभएको छ ।

उक्त घटनामा कुनै सरोकार नभएका ब्यक्तीहरुको नाममा आक्रमण गरेको किटानी जाहेरी दिएर नेपाली कांग्रेसले गलत र झुटा मुद्धा उठाएर देश ब्यापीरुपमा सडमा देखी सदन सम्म प्रर्दशन गर्ने गराउने काम गरिरहेको छ ।

गलत र झुटा मुद्धा धेरै दिन सम्म टिक्दैन नेपाली कांग्रेस बांकेले उठाएको आन्दोलनको जग कमजोर भएकाले सत्यताका अगाढी आफै बिस्तारै पतन भएर जाने निश्चित छ । नभएको आक्रमणमा आफनो हात हानेर भांचिएको सभापति किरण कोइरालालले कार्यकर्तालाई भनेर रातारात हातमा पलस्टर गरेर हात देखाउदै कार्यकर्ता बीच गएपछी मानबिय सहानुभुतिका कारण पनि कांग्रेस कार्यकर्ता आन्दोलनमा उत्रिनु पर्ने हुन्छ । एक पार्टीको सभापती जस्तो मान्छे त्यसमा बिधुवा अनी एक बृद्ध महिलाको हांत भांचिने गरि आक्रमण वा दुरब्यवहार गर्छ भने जो कोहीले पनि त्यसको बिरोध गर्नुपर्छ तर त्यो सत्य हो कि होइन बुझन थाह पाउन जरुरी छ ?

आक्रमण नै नभएको ठाउंमा हात कसी भांचियो ? यसको जानकारी उक्त घटनाको दिन कार्यक्रम स्थलमा रहनु भएका नेपाली कांग्रेस बांकेका संगठन बिभाग प्रमुख महेन्द्र मल्लले जानकारी दिइसक्नुभएको छ ।

नेपाली कांग्रेस संगठन बिभाग प्रमुख महेन्द्र मल्लको भनाई:

जसमा नेकपाले आक्रमण गरेको होइन, बिवादित दुबै पक्ष बीच एक आपसमा बिवादको क्रममा हल्का धकेलपकेल गर्दा नक्की खांको हातले सभापति कोइरालाको हात भांचेको जानकारी दिनुभएको छ ।

यी नभएका घटनालाई लिएर कसैको नामै किटेर फलानालाई कार्बाही गर्नैपर्छ जस्ता मागर राखेर कांगेस आन्दोलनमा छ । के यहि हो नेपाली कांगेसको लोकतन्त्र ? यति छिटो किन हतासिनु प–यो ? के अरु राजनिति एजेण्डामा आन्दोल र बिरोध गर्न सक्दैन ?

बांके जिल्ला कै कुरा गर्ने हो भने देशको सबैभन्दा ठुलो सिक्टा प्रोजेक्टमा भएगरेका बिसंगति लाई लिएर आन्दोलन हुदैन किनकी त्यहां सबै राजनितिक दलहरुको दुहुनो गाई बनाईएको थियो । नेपालगञ्ज–कोहलपुर सडक खण्डको स्तरलाई लिएर आन्दोलन हुदैन किनकी त्यसमा पक्षको दुध खाईसकिएको छ ।

कुनै जिल्लाको बिकासको बिषयलाई लिएर होइन, कांग्रेस र कम्यूनिष्टका नाममा जनतालाई आपसमा भिडाएर आफनो स्वार्थ सिद्ध गर्न खोज्ने घटना अबका युगमा कहि कतै कसैले गर्न हुदैन यसले समग्र रुपमा ब्यक्ती, समाज तथा राष्टलाई नै नोक्सान पु–याउने काम गर्दछ ।
नेपाली कांग्रेसले केन्द्र पनि राष्ट्रिय स्तर मुद्धाहरु बिचार गरेर छनौट गरि सडक र सदनमा आफनो भुमिकालाई प्रभावकारी बनाउनुपर्नेमा नभएका घटनाका पछी लागेर आन्दोल गर्नु सबै भन्दा ठुलो लोकतन्त्रको कुरा गर्ने नेपालको हैसियकारी राजनितिक दल नेपाली कांग्रेसलाई यस्ता नभएका घटनाका पछाडी लागेर घटनामा कुनै संलग्नता नै नभएका ब्यक्तीलाई कार्यबाही गनुपर्छ भन्दै गरिएको आन्दोलनले कांग्रेसलाई अगाढी होइन पतनको बाटोमा लैजान्छ ।

त्यस्तै नभएका गलत राजनितिक एजेण्डालाई समातेर आन्दोलन गरिरहेको नेपाली कांगेको बुइ चढेर नेपाली जनतामा भ्रमको खेती पनि कुनै कतै कोही मै हु भन्ने मिडियाले गर्नपनि हुदैन ।

सितापुर घटना