१० असोज,काठमाण्डौं/ नेपाल सरकार,सञ्चार तथा प्रविधि मन्त्री एवं प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चीनका राष्ट्रपति सी जिन पिङको यहि असोजको अन्तीम सातामा नेपाल भ्रमण सुनिश्चित भएको जानकारी दिनुभएको छ ।
मन्त्री बाँस्कोटाले बिहिबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल सरकारको औपचारिक धारणा पहिलो पटक सार्वजनिक गर्नुहुदै नेपाल सरकारले चीनका राष्ट्रपति सी जिन पिङको भ्रमणको तयारी गरिरहेको समेत उक्त पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।
मन्त्री बाँस्कोटाले भन्नु भयो स् ‘मिति टुंगिएको छैन, तर चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालमा सुनिश्चित छ, भ्रमणलाई उपलब्धिपूर्ण, सफल बनाउन नेपाल सरकारले तयारी गरेको छ । मन्त्री बाँस्कोटाले असल छिमेकी चिनको राष्ट्रपतिको भ्रमण नेपालमा लामो समय पछी हुन लागेकोमा ‘हामी प्रतीक्षारत छौँ, उहाँको भ्रमणलाई नेपालले उच्च महत्व दिएको छ ।’
चीनका राष्ट्रपति सीले यहि असोज अन्तीम साता नेपालको राजकीय भ्रमण गर्ने निश्चित भइसकेको भए पनि दुवै सरकारले मिति घोषणा गरेका छैनन् । नेपालले मन्त्री बाँस्कोटाले नेपाल सरकारले चीनका राष्ट्रपति सी जिन पिङको भ्रमणकोअवसरमा नेपालले चीनको आर्थिक, सामाजिक उपलब्धिबाट लाभ लिन चाहेको पत्रकार सम्मेलनमा बताउनु भएको छ ।
हाम्रो संरचना । १० आश्विन २०७६, शुक्रबार १०:०९