हाम्रो संरचना बुधबार, अशोज २९, २०७६ 95 Views

डेल्धुराबाट २ किलो ७ सय ग्राम चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमरगढी नगरपालिका भाटगाउँका २६ वर्षीइ शेर बहादुर भण्डारी र ३८ वर्षीय बीरबहादुर बोहोरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराको लागुऔषध नियन्त्रण अभियान र दसैं तिहार सुरक्षा योजनाअनुरुप परिचालित प्रहरीद्वारा विशेष सुराकीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई अमरगढी नगरपालिका ७ खोस्रेखानमा सवारी साधन चेक जाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।

से ३ प ४५३१ नम्बरको मोटरसाइकलमा सवार भण्डारीलाई बैतडीबाट डडेल्धुरा आउँदै गरेको अबस्थामा सात सय ग्राम चरेस सहित पक्राउ गरेको हो । बोहरालाई भने उनकै घरबाट २ किलो चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।