सिन्धुपाल्चोक बस दुर्घटना: १४ जनाको मृत्यु, दर्जनौं घाइते

२४ असोज, सिन्धुपाल्चो/  सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडानम्बर १० तीखु मोडमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । घटनास्थलमै ६ र अस्पताल लैजाने क्रममा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेलम्बु यातायात प्रा.लि. को बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस इन्द्रावतीको भोटसिपाको तीखु मोडबाट  दुर्घटना हुदा करीब २ सय मिटर तल खस्दा ६ जनाको घटनास्थमै ८जनाको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दसैं मनाएर राजधानी फकर्ने क्रममा बसमा यात्रुहरु खचाखच भरिएकाले बसमा करीब १ सयजना भन्दा बढी सवार रहेको स्थानियहरुले जानकारी दिनुभएको छ । यात्रु बोकेके बोकेको बसको टायर पंचर भएपछि साइड लाउने क्रममा ब्रेकफेल भई दुर्घटना भएको स्थानियहरुले जानकारी दिनुभएको छ ।