मंसिर १४ गते हुने उप-निर्वाचनका लागि कहाँ को उम्मेदवार ?

२१ कार्ति, नेपालगञ्ज/ प्रतिनिधिसभाको एक र प्रदेशसभाका रिक्त तीन स्थानहरुमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा र कांग्रेसले उम्मेदवारको टुंगो लगाएका छन् । समाजवादी पार्टी र राजपाबीच संयुक्त उम्मेदवारी दर्ताअघि उनीहरुले नाम टुंगो लगाउने छन् ।

भक्तपुरमा नेमकिपाले पनि बिहीबार टुंगो लगाउने जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार पत्रकार सम्मेलन गर्दै उम्मेदवारको मनोनयनपत्र दर्ता र अन्य तयारीहरु पूरा भइसकेको जानकारी दिनुभयो ।

कहाँ को ?
प्रतिनिधिसभा
कास्की २
विद्या भट्टराई (नेकपा)
खेमराज पौडेल (कांग्रेस)
रजनी केसी (साझा)
जमुना शर्मा (विवेकशील)

प्रदेशसभा
भक्तपुर १
देवीप्रसाद ढकाल (नेकपा)
कृष्ण भँडेल (कांग्रेस)
सुरज प्रधान (साझा)

बागलुङ २ क
खिमविक्रम शाही (जनमोर्चा)
जित शेरचन (कांग्रेस)
सन्तोष भण्डारी (विवेकशील)

दाङ ३ ख
विमला वली (नेकपा)
केशव आचार्य (कांग्रेस)
शिव चौधरी (साझा)

 

 

जनता समाचारमा समाचार प्रकाशित छ ।

सम्बन्धित शीर्षक