२१ कार्तिक,नेपालगञ्ज/ अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको कारण नेपालमा केही दिन वर्षासँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सामुद्रिक आँधीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा मौसम सक्रिय बनेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।
पश्चिमी वायुका कारण मध्य पहाडि भेगमा वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने विभागले जनाएको छ ।
बिहीबार देशका विभिन्न भू–भागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महााखाका अनुसार बिहीबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुनेछ ।
देशको पश्चिमी वायुको कारण पश्चिमी क्षेत्र र उच्च हिमाली भेगमा रातिदेखि नै हिमपात हुने अनुमान महाशाखाले गरेको छ ।
आगामी चौबिस घण्टा पश्चिमी मौसमी वायु सक्रिय हुने मौसमविद् अर्यालले जानकारी दिनुभयो । हिउँदको सुरुवातसँगै उच्च हिमाली भेगमा हिमपात शुरु हुने मौसम भएकाले सतर्क रहन महाशाखाले जनाएको छ ।
सामान्य हिमपातले पनि ठूलो असर पु-याउने भएकाले हिमाली यात्रामा रहेकाले ख्याल गर्न सुझाव दिइएको छ । जनता समाचारमा समाचार प्रकाशित छ ।,
हाम्रो संरचना । २१ कार्तिक २०७६, बिहीबार ०८:४१