अब त अति भो !


# चिरञ्जीवी ढकाल #
राँझा एयरपोर्ट, बाँके

 

खति पनि ,अति भो अब त !
उमालौं है, नेपाली रगत !!

कुटनैतिक भाषा बाटै,सुरु गरौँ कुरा !
कालापानी, लिपु अनि लिम्पियाधुरा !!
थियो हाम्रो हुनु पर्छ, सह्य छैन कवै !
मिचिएको हाम्रो भूमि, फिर्ता गरौँ सबै !!

खति पनि, अति भो, अब त !
उमालौं है, नेपाली रगत !!

समयले खोलेको छ, छलफलको बाटो !
लुटिएको फिर्ता,गराअौं सबै हाम्रो माटो !!
एकताको विगुल फुकी, पठाउँ सन्देश !
नेपालीलाई अाँफै भन्दा,प्यारोछ अाफ्नो देश !!

खति पनि, अति भो अब त !
उमालौं है, नेपाली रगत !!

गोर्खालीले चाह्यो भने,विश्व हल्लाउँछन् !
अंग्रेजका गुलामले, किन चलाउँछन ?
लेखी मुद्दा राष्ट्रसंघमा, हाल्नलाई नपरोस् !
गुलामले इतिहासको, सम्मान गरोस !!

खति पनि,अति भो अब त !
उमालौं है , नेपाली रगत !!
***