दाङ प्रहरीद्वारा सुटकेश भित्र राखी खाली गोठमा लुकाई राखेका अत्याधुनिक हतियार(एसएमजी) ५ थान बरामद

३० कार्तिक,घोराही (दाङ ) / जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार सांझ ५ थान अत्याधुनिक हतियार एसएमजी बरामद गरेको छ।

दाङ जिल्लाको पूर्वी क्षेत्रमा पर्ने गढवा गाउँपालिका र कपिलबस्तु जिल्लाको सीमाना क्षेत्रमा खाली गोठमा लुकाई राखेको अवस्थामा ति अत्याधुकिन हतियार एसएमजी- SMGs ( Short Machine Gun ) प्रहरीले बिशेष सूचनाको आधारमा  बरामद गरेको जनाएको छ ।

उक्त बरामद गरिएका हतियारहरुमा ५ थान एसएमजी राईफल त्यसमा लाग्ने १३ थान म्यागजिन र ३ सय ९० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक जनक भट्टराईले ती सबै हतियार सरकारद्धारा प्रतिवन्धित विप्लव समुहको भएको  जानकारी दिनुभएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीको विशेष टोली परिचालन भएर सबै हतियार एउटै गोठवाट बेलुका ६ बजे तिर खोज तलास गर्ने क्रममा सुटकेश भित्र लुकाई  त्यसलाई पात, पत्तिंगर तथा झारपातले छोपेर लुकाई राखेको अवस्थामा ती हतियार बरामद भएको प्रहरीले जानकारी दिएको छ । एसएमजी हतियारले एकपटकमा एक म्याग्जीनबाट करीब ३२ राउण्ड सम्म फायर गर्नसक्दछन ।

अगामी मंसिर१४ गते दांगको एउटा निर्वाचन क्षेत्रमा समेत प्रदेश सभा सदस्य निर्वाचन प्रचार प्रसार भैईरहेको पूर्व सन्ध्यामा उक्त हतियार बरामद भएको हो ।

केही दिन अगि मात्र दांग प्रहरीले बैठक बस्नका लागि जम्मा भएको बिप्लभ समूहका करीब २ दर्जन नेता तथा कार्यकर्ता एउटै ठाउंमा घेरा हाली पक्राउ परेपछी अन्य बिप्लभ समूहमा लागेका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्ने क्रम जारि रहेको छ ।

२ दिन अगि मात्र बांके प्रहरीले जाजरकोट जिल्लाका इन्चार्ज तोकिएका प्रेम प्रकाश वलीलाई कोहलपुरबाट पक्राउ गरेको थियो ।

आजको प्रबिधिको दुनियामा हिजोकै जस्तै भुमिगत राजनितिक बाटो समात्ने कार्यले पछील्लो पटक बिप्लभ समूहमा लागेकाको मानबिय क्षतीपर्ने क्रम तथा पक्राउ बढदै गईरहेको घटनाक्रमले देखाएको छ ।