1 कार्तिक, नेपालगञ्ज/ बर्दियामा प्रहरीले चरेस सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा पूर्वी रुकुमको खवाङ्ग घर भइ दाङको घोराही बस्ने ३४ वर्षीय राजकुमार पुनमगर, मुसिकोट नगरपालिका-१ घर भइ घोराही बस्ने २७ वर्षीया जुनतारा पुन, रुकुम घर भइ दाङमै बस्ने ३४ वर्षीया सुनथामी बुढामगर, रुकुम तक्सेर २६ वर्षीया अस्मिता रामजाली र रोल्पा पाछाबाङ घर भइ दुईखोली बस्ने २९ वर्षीय खीमप्रसाद रोकामगर रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाको आधारमा गुलरिया नगरपालिका-७ भन्सार रोडमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय गुलरीयाको टोलीेले नियन्त्रणमा लिएको हो ।
उनीहरुले चरेस नेपालगञ्जबाट गुलरीया हुँदै भारत लैजादै गर्दा पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिहरुबाट ५८ किलो चरेससहित नगद ३२ हजार ५९८ रुपैयाँ र ५ थान मोवाइलसमेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिनुभएको छ ।
हाम्रो संरचना । १ मंसिर २०७६, आईतवार १५:२६