नेपालगञ्ज समेत १२ मेडिकल कलेजमा सम्पति शुद्धिकरण पस्यो, करोडौं असुली गरेको आशंका

 

 

२ मंसिर, नेपालगञ्ज/  बिद्यार्थी अध्यापनको नाममा नेपालगञ्ज मेडिकल कलेज सहित १२ वटा मेडिकल कलेजमा करोडौं असुली गरि भ्रष्टाचार गरेको आरोपमा सम्पति शुद्धिकरण अनुसन्धान विभागले छानबीन प्रक्रिया अगाढी बढाएको छ ।

छानबीनको क्रममा केही मेडिकल कलेजका तर्फबाट असहयोग गरेको पाइएकोले त्यस्ता असहयोग गर्ने मेडिकल कलेजमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएर कलेजका आवश्यक डकुमेन्ट राखिएको प्रशासनिक भवनमा ताला लगाएर सिल गरिएको छ ।

सम्पति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानको क्रममा बीरगञ्ज स्थित नेशनल मेडिकल कलेज, बिराटनगरको नोवेल मेडिकल कलेज, भरतपुरको चितवन मेडिकल कलेजमा आईतबार ति कलेजका प्रशासनिक कार्यालयमा बिधिवत रुपमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएर ति प्रशासनिक कार्यकक्षमा सिलबन्दी गरिएको बिभागले आफनो प्रेस नोटमा जनाएको छ ।

मेडिकल साइन्स अध्यापनको नाममा बिद्यार्थीबाट मनपरि करोडौं असुली गर्ने कार्य मेडिकल कलेजहरुले जारि रहेको भन्दै बिद्यार्थीहरुे चितवनमा साता ब्यापी आन्दोल गर्दै आएका थिए ।

सरकारले पनि मेडिकल कलेजहरुलाई शुल्क निर्धारणको लागि मापदण्ड तोकी कार्यनवयन गर्न मेडिकल कलेजहरुलाई आग्रह गर्दै आएको थियो ।

मेडिकल कलेजहरुले कागजात मिलाएर बाहिरि रुपमा मनपरि असुली गर्ने कार्य जारि राखेकाले मेडिकल कलेज संग सम्वन्धीत ब्यक्ती तथा संस्थाहरुमा सम्पति सुद्धिकरण बिभागले ३/३ जनाको छानबीन टोली बनाएर सम्वन्धीत जिल्ला प्रशासन र प्रहरीसंग समन्वय गरि छानबीन गर्ने कार्य शुक्रबार देखि नै गरिरहेकोमा असहयोग गर्ने मेडिकल कलेजमा आईतबार छापा मारेर आवश्यक ब्यक्ती तथा कागजात नियन्त्रणमा लिने कार्य अगाढी बढाएको छ ।

हाल सम्पति सुद्धिकरण बिभागले नेपालगञ्ज मेडिकल कलेज समेत थप छानबिन थालिएका कलेजमा लुम्बिनी मेडिकल कलेज,देवदह मेडिकल कलेज,युनिभर्सल कलेज अफ मेडिकल साइन्स,गण्डकी मेडिकल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज,किस्ट मेडिकल कलेज,विराट मेडिकल कलेज, शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्स छन् ।

कलेज सञ्चालकहरुले कागजातमा कम पैसा लिएको देखाएर लाखौं रुपैया असुली गरेर करोडौं कमाएर अकुत सपती जोडेको र आफना नातेदार था आफन्तहरुको नाममा पैसा तथा सम्पति जोडेको र केही रकम बिदेशमा समेत पठाएको हुन सक्ने प्ररारम्भीक रुपमा पाइएको स्रोतले बताएको छ ।