तुल्सिपुरबाट नेपालगञ्ज तर्फ आउँदै गरेको बस बांकेको कसुम मोडमा दुर्घटना

२ मंसिर, नेपालगञ्ज / दाङको तुल्सिपुरबाट नेपालगञ्ज तर्फ आउँदै गरेको ना ५ ख ६४४९ नम्बरको यात्रु बहाक बस सोमबार बिहान बाँकेको पूर्वी सिमानामा पर्ने राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम नजीकै मोडमा दुर्घटना भएको छ ।

कुसुम बजार देखी करीब १ किमी पूर्व मोडमा राजमार्गबाट करीब ८० मिटर तल खसेर बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभएको छ ।

बमका अनुसार दुर्घटनामा परी हाल सम्म २२ जना यात्रुको उद्धार गरिएको र  दुर्घटनामा घाईते मध्य गम्भीर चोट लागेका दाङ तुल्सिपुरकी आसा बस्नेत, कोहलपुर नगरपालिका वडा नम्बर ११ कि जानकी पुन र गाडीका सह चालक राप्तीसोनारी वडा नम्बर ३ का भिम बहादुर बस्नेतलाई उपचारका लागि  शिक्षण अस्पताल कोहलपुर ल्याईएको प्रहरी निरीक्षक बमले जानकारी दिनुभएको छ ।