मौरी पालनको अध्ययन गर्न हिडेका विद्यार्थी चढेको ट्याक्टर दुर्घटना: ३३ जना घाईते

Photo: File

११ मंसिर,सुर्खेत/ कर्णाली प्रदेशमा पर्ने सुर्खेत जिल्लाको पश्चिम षेत्रमा रहेको बड्डीचौर नजिकै विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुदा ३३ जना घाईते भएका छन ।

सुर्खेतको बड्डीचौरमा रहेको जनज्योति माध्यामिक विद्यालयमा कृषि जेटिए अध्ययन गर्ने विद्यार्थी बोकेको ट्याक्टर कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउंपालीका वडानम्बर ५ हल्दुवामा बुधबार दिउँसो दुर्घटना भएको हो ।

विद्यार्थीहरु ट्रयाक्टरमा बसेर मौरी पालनको अध्ययन गर्न जाँदै गरेको अवस्थामा उक्त ट्रयाक्टर दुर्घटनामा परेर ३३ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज वन्तले जानकारी दिनुभएको छ ।

घाइते विद्यार्थीलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गालागाउँमा ल्याइएको र घाइते मध्ये एकको अवस्था गम्भीर रहको एसपी वन्तले बताउनु भयो ।