राष्ट्रिय युवा संघ नेपाल मातहतका जिल्ला कमिटीहरूको एकीकरण

सत्तारूढ नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण टुंग्याएको छ । शनिबार युवा संघ कार्यालयमा बसेको बैठकले ७७ जिल्ला कमिटीकै भागबण्डा टुंगो लगाएको हो ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाउने भएको छ । त्यस्तै, साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष पाउने गरी सहमति भएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवासंघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ ।

सम्बन्धित शीर्षक