कबिता: भित्रिएन खुशी


साबित्री गिरी,नेपालगञ्ज

धान रोप्दा मैले केहि थान खुशी रोपेको थिए,
हरियो धान जस्तै रंगिन सपना बुनेको थिए ।
पसिनाले पनि संकेत गर्थे दुःखको पिडा,
भिज्थे छाति आंशुले बग्थे मनका ब्यथा ।।

तिनै खुशी आज घरमा भित्रिन पाएन,
फौंजी किराले यसबर्ष धान पाक्नै दिएन ।
फलेका केहि बाला पनि खेतमै झरी गयो,
हेर्दा हेर्दे यो अवस्था छाती पोलि र–यो ।।

सोचेको थिए सुन जस्ता धानका बालामा खुशी फुलाउंछु,
तिं रित्ता भकारीभरी म मंशिर भित्तयाउंछु ।
छोराछोरी पढाउंछु ,अनि उपचार गराउंछु,
साहुको सय कडा तिन ऋृण घटाउंछु ।।

तर सोचेका तिं अनेक खुशी टिकेन यो बर्ष,
जति नै मेहनत गरेपनि रहेन केहि हर्ष ।
गयो मेहनत खेर रोकिएन बिषादीले पनि,
कसरी दिन कटाउंला भन्छिन मेरी सानी ।।

        धन्यबाद ।।