हाम्रो संरचना बुधबार, कार्तिक २७, २०७६ 66 Views
Photo: File

१९ कात्तिक, गाईघाट/  विराटनगरबाट गाईघाट तर्फ आउने क्रममा सोमबार साँझ त्रियुगा नगरपालिकाको स १ झ ५३१ नम्वरको जीप उदयपुरको चौदण्डी–७ को भुल्के भन्ने स्थानमा दुर्घटना हुँदा प्रदेशसभा सदस्य सञ्जा कुमारी दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी गम्भीर घाइते हुनुभएको छ ।

घाइते दुवै जनाको चौदण्डीको बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिनुभएको छ ।