गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला जादै गरेको जिप दुर्घटना:१४ जनाको मृत्य

१७ मंसिर,बागलुङ/ बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–७ घोपर्नामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला जादै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसि खोलाको बायोखोजाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिनुभएको छ ।

घाइते तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ पठाईएको र उद्धार कार्य जारी रहेको स्थानीयले जानकारी दिएका छन्।