१३ औं साग: आज बिभिन्न १९ खेलमा प्रतिस्पर्धा जारि : हाल सम्म ६२ स्वर्ण सहित भारत पहिलो र ३६ स्वर्ण सहित नेपाल दोस्रो स्थानमा

शुक्रबार बिहान सम्मको पदक संख्या…

२० मंसिर,काठमाण्डौं/  १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आज शुक्रबार विभिन्न १९ खेलमा प्रतिस्पर्धा भईरहेको छ । सागको छैठौं दिन काठमाडौं, पोखरा र जनकपुरमा गरि कुल १९ खेलमा प्रतिस्पर्धा भैईरहेका छन ।

सागमा आज शुक्रबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा भैईरहेका छन।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा, जनकपुरमा कुस्ती र अन्य खेल काठमाडौंमा भैईरहेका छन । पदक तालिकामा भारतले ६२ स्वर्ण सहित अग्रता बनाएको छ भने ३६ स्वर्ण सहित नेपाल दोस्रो स्थानमा रहेको छ ।