बाकेका अल्पसंख्यक तथा लोपोन्मुख समुदायकका लागि क्षमता बिकास प्रशिक्षण

जयपती ढकाल / २० बाके,नेपालगन्ज 
बाके जिल्लाका अल्पसंख्यक तथा लोपोन्मुख समुदायकका (कुशबन्धिया, चिडिमार, मंगन्ता) लगायतका समूदायका
 अगुवाका लागि  नेतृत्व बिकाश र आर्थिक आधिकार तथा श्रोत परिचालन सम्बन्धी तिन दिने  तालिम प्रदान गरिएको छ ।
तालिममा स्थानिय श्रोत तथा साधन माथिको पहुच बढाउनको लागि गरिने प्रयास तथा ध्यान दिनु पर्ने कुराहरू तथा योजना निर्माणको ७ चरणको बारेमा प्रशिक्षक अधिवक्ता  डण्ड प्रसाद चपाईले सहजीकरण गर्नुभएको थियो ।
तालिम सहभागीहरुले आफ्नो स्थानिय स्तर तथा गाउँ घरमा पाइने पहिचान नभएको श्रोत साधनलाई प्रयोग गर्ने तरिका, प्राकृतिक रुपमा उपलब्ध रहेको श्रोतको सदुपयोग,स्थानिय श्रोत माथी हाम्रो पहुच हुन न सक्नु को कारण,समूह ,समिती ,उपसमिती भित्रको आन्तरिक श्रोतको पहिचान गर्ने तरिका तथा बैकल्पिक श्रोत को पहिचान,र श्रोत प्राप्तीका दौरानमा ध्यान दिनु पर्ने कुराहरुकोको बारेमा जानकार हुने र आफ्नो गाउँ टोलको योजना छनौट गर्नमा अहम भुमिका निर्वाह गर्न सक्ने संस्थागत क्षमता बिकास समंयोजक राजाराम गुप्ताले सहजीकरण गर्नुभएको थियो ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा सहकर्मी समाज बिरेन्द्र नगर सुर्खेतको प्राबिधिक सहयोगमा रियल प्रोजेक्टले अन्र्तगत बाके जिल्लाको डुडुवा गापा वडा नम्बर १र ६, जानकी गाउँपालिका वडा न ३ ,कोहलपुर नगर पालिका वडा नं १४र१५ मा रहेका अल्पसंख्यक तथा सिमान्तकृत समुदायको दिगो जिबिकोपार्जनको लागि कृर्षी ,पशु पालन, क्षमता बिकाश,सीप बिकाशको लागि आर्थिक तथा प्राबिधिक सहयोग गर्दै आएको सहकर्मी समाजको कार्यक्रम संयोजक खड्ग प्रसाद शर्माले बताउनु उक्त तालिक सहजीकरणको क्रममा जानकारी गराउनुभएको थियो ।