२८ मंसिर,धनुषा/ धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा गम्भीर घाइते हुनुभएका प्रहरी निरीक्षकको धरान स्थित शिक्षण अस्पतालमा मुत्यू भएको छ ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडानम्बर ५ महेन्द्रनगर शुक्रबार मध्यराति करीब साढे ११ बजे भएको बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल सख्त घाइते हुनुभएको थियो भने स्थानिय एकै घरमा बाबु-छोराको उक्त घटनामा परि मुत्यू भएको थियो ।घटनामा महेन्द्रनगरमा शंकास्पद वस्तु राखिएको जानकारी पाएपछि बुझ्नका लागि घटनास्थलमा प्रहरी पुग्ने बित्तिकै बम बिस्फोट भएको थियो ।बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटना स्थलमै मृत्यु भएको थियो।
विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएकामा प्रहरी निरिक्षकको जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई धरान लगिएको थियो । अन्य २ जना सामान्य घाइते भएको बताइएको छ।
हाम्रो संरचना । २८ मंसिर २०७६, शनिबार ०९:४६