
२८ मंसिर, नवलपारसी/ शनिबार विहान सुर्खेतबाट काठमाडौँ जादै गरेको नेपाली सेना चढेको बस पुर्वी नवलपारसीको कावासोती बजारमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
गम्भीर घाइते प्रेमबहादुर खत्री र बिरेन्द्र शाहीलाई थप उपचारको लागि चितवन पठाइएको प्रहरीले जानकारी दिइएको छ ।
अन्य घाइतेहरुलाई मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार गरिएकोछ । ना ६ ख ४०४ नम्बरकाे बसमा नेपाली सेनामा छनोट भएका ४० जनाको टोली सवार थियो ।
बस अनियन्त्रित भएर सकडबाट केही मिटर तल खसेको थियो । copy fromNagariknews.com
हाम्रो संरचना । २८ मंसिर २०७६, शनिबार ११:२५