२९, मंसिर, सिन्धुपाल्चोक/ दोलखाको कालिञ्चोकबाट भक्तपुर तर्फ जाँदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रु बहाक बस आईतबार बिहान करीब ८ः१५ बजे अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु जिरी सडकमा पर्ने सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका वडा नम्बर ७ स्थित ५ किलो भन्ने ठाउंमा सडकबाट खसेर दुर्घटनाग्रस्त भएको छ ।
प्रहरीका अनुसार बसमा कति यात्रु सवार थिए भन्ने एकिन नभए पनि करीब ४० जना यात्रु सवार रहेको स्थानियले बताएका छन । उक्त बस सडक बाट करिब ५ सय मिटर तल खसेको छ। घटनास्थलमा स्थानीय, प्रहरीले उद्धार कार्य सुरु गरेका छन । कम्तीमा १३ जनाको घटनास्थलमै मृर्तकहरु फेला परेको र अन्यको खोजी तथा उद्धार कार्य भैईरहेको घटना स्थलमा पुगेका सिन्धुपाल्चोक जिल्ला ट्राफिक प्रहरी राधेश्याम जंगमले जानकारी दिनुभएको छ ।
सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले भने १३ जनाको शव भेटिएको र अन्य कैयन हताहत रहेको पुष्टी गदै प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा जुटेको जानकारी दिनुभएको छ ।
सिन्धुपाल्चोकमा गत कार्तिकमा सुकुटे भन्ने ठाउंमामा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि गत असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका वडानम्बर १० को बडहरे झिल्के मोडमा दुर्घटना १ दर्जन बढीको ज्यान गएको थियो ।
हाम्रो संरचना । २९ मंसिर २०७६, आईतवार ०९:४८