६ पुस, दैलेख/ दैलेखमा ठाटीकाँध गाउँपालिकाका अध्यक्ष पत्नी सहित अपरहण परेका छन् ।
ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरब.शाही र उनकी उनकी पत्नीलाई मध्यरातमा अपहरण गरिएको उपाध्यक्ष सुस्मिता सिंहले बताएकी छिन् ।
अध्यक्ष शाही शनिवार राती आफ्नै घरमा सुतिरहेका थिए । करिव राति १२ बजे १५ देखि २० जनाको समुहले उनलाई अपहरण गरेका हुन् ।
पत्नीसहित अपहरण गरेका शाहीको प्रहरीले खोजि गरिरहेको छ । तरपनि उनको अपहरण कस्ले र किन गर्यो थाहा हुन सकेको छैन ।
पत्नी सहित गाउँपालिकाका अध्यक्ष अपहरणमा परेको जानकारी आएपछि सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभएको छ ।
अपहरण कसले गर्यो त्यसको आधिकारीक जानकारी नआएपनि सुरक्षाकर्मीले भने विप्लव नेकपाले अपहरण गरेको आशंका गरेको छ । तर विप्लव नेकपाले अपहरण गरेको पुष्टी भने भएको छैन ।
हाम्रो संरचना । ६ पुष २०७६, आईतवार १०:५९