काजकस्तानको अलमेरेक गाउंमा १०० जना यात्रु सवार विमान दुर्घटना:१४ जनाको मुत्यू ३५ जना घाईते

११ पुस,काजकस्तान/  काजकस्तानको अल्माटी विमानस्थाल नजिकैको अलमेरेक गाउंमा १०० जना यात्रु सवार विमान दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३५ जना घाईतेको उद्धार गरिएको छ ।

अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको फलाइट नम्बर जेड ९२१०० बिमान केही मिनेटमै बिमान स्थलको रन वेय भन्दा बाहिर रहेको अलमेरेक गाउंमा शुक्रबार बिहान विमान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर कम्तीमा १४ जनाको मुत्यूभएको र ३५ जना गम्भीर भाईते भएको स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन । विमानमा सवार विमानमा चालक दलका ५ सदस्य र ९५ यात्रु सवार थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, दुर्घटनास्थल क्षेत्र वरपर बाक्लो हुस्सु र हिंउ परेको छ त्यहांको हावाको मात्रामा माइनस ९ डिग्री सेलसियस तापक्रम रहेको थियो । दुर्घटना मौसमको प्रतिकूलता या अन्य के कारणले भयो भन्ने खुलेको छैन ।

काजकस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकाएभले एक प्रस बिञप्ती जारि गरेर दुर्घटनाको छानबिन गर्न सरकारी आयोग गठन गरिएको जानकारी दिदै मानबिय गल्ती पाइएमा त्यस्ता ब्यक्तीलाई कानून बमोजिम कडा सजाय दिइने र पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने बताउनुभएको छ ।