सत्य घटनामा आधारित: नेपालगञ्जको चिसो रातमा लुकाईएको अपराध

 
उपरोक्त सम्वन्धमा म निवेदक बांके जिल्ला राप्तीसोनारी गाउंंपालिका वडा नम्बर– ततकालिन ————– गाबिस वडा नम्बर — निवासी श्री ——– को नातिनी श्री ——- को छोरी बर्ष २५ की म ——– नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ कारकादो स्थित बसपार्क बाईपास रोडमा रहेको एक निजि नाम थाह नभएको ब्यक्तीको घरमा बिगत १ महिना यता डेरा गरि बस्दै आईरहेको थिए ।
उक्त घरमा आउनु अघि त्यसअघि नै मैले प्रयोग गर्ने एनसेलको मोबाइल नम्बर ९८२५—– मा रंग नम्बर भन्दै बारम्बार कल गरि म संग पछीे चिन जान गरि साथीको सम्वन्ध बिस्तार गरि बोल चाल गर्दा एनसेल क्षेत्रिय कार्यालयमा काम गर्ने ……………. साथीबाट सबै जानकारी लिएको बताउने गरेको पिडकनेपालगञ्ज उप–महागरपालिका वडा नम्बर १० भृकुटीनगर निवासी सो—— को छोरा बर्ष ३६ को स——-ले , मिति २०७६ साल मंसिर १८ गते अन्दाजी अपरान्ह ४ः३० बजे तिमिसंग भेट गर्नुछ भनि म बसेको कोठामा आई कुराकानी गर्ने क्रममा म टवाईलेटमा गएको समयमा मैले प्रयोग गर्ने गरेको मोबाइल चेक जांच गरेको रहेछ ।
 निज पिडकले मेरो मोबाईमा भए गरेका मेरा निजि गोप्य कुराहरुलाई आधार बनाई त संग मैले लभ गरेको किन अरुसंग कुराकानी गरेको भन्दै कोठाको चुकुल लगाई मलाई एक्कासी कुटपिट गरि घरको भित्तामा टाउंको ठोक्काएर गम्भीररुपमा यातना दिएको छ ।
 उक्त घटनापछी मेरो मोबाईल नियन्त्रणमा लगि मेरो मोबाईलमा भएका निजि गोप्य कुराहरु बिभिन्न सामाजिक सञ्जाल तथा आफन्तहरु बीच सार्वजनिक गरिदिन्छु भनी बिभिन्न धम्कीहरु दिएर डराउन दिई मलाई बन्धक बनाएर त्यहांबाट मंसिर १८ गते अन्दाजी करीब सांझ ६ बजे निकाली मेरो बुवाको नाममा रहेको निजि स्कुटर भे ९ प —— नम्बरमा बसाली बांकेको ——स्थित ——- होटेलमा लगी गएको हो ।
उक्त होटेलमा पहिल्य नै पिडकले पूर्व योजना योजनाका साथ उक्त होटेलको कोठ नम्बर—– बुक गरि मलाई मेरो मोबाईलमा भएका निजि गोप्य कुराहरु सार्वजनि गरिदिने डर धम्की दिई होटेलको कोठमा लगी मेरो निजि कुराहरुलाई आधार बनाउदै कुटपिट गर्नेक्रममा म त्यहांबाट सांझको अन्दाजी करीब ८ बजे मेरो मोबाईल जबरजस्ती छिनी भागी कोहलपुरको ——-मा रहेको मेरो घरमा गएकोमा उक्त दिन बुवाहरु समेत गाउंको घर ——– जानुभएको अवस्थामा पिडकले पुन सोही समयमा बारम्बार फोन गरि मोबाईमा भएको निजिकुराहरु सार्वजनिक गरिदिने डर धम्की दिई पुन होटेलमा बोलाएको र नआएमा सारा इन्टरनेट मार्फत सार्वजनिक गरिदिने तथा आफन्तहरुलाई म्यासेन्जरमा पठाईदिने धम्की दिएपछी पुनः सोही दिन राती करीब अन्दाजी १० बजे आफनै स्कुटीमा ——होटेलमा फर्किन आउन पिडकले बाध्य पारेको थियो ।
 होटेलमा म आइसकेपछी पिडक लागु पदार्थ प्रयोग गरेको जस्तो डरलाग्दो अवस्थामा रहेको र भाग्न खोज्दा पुन किन भागेको, अब भाग्छेस कि नाई भन्दै उक्त होटेलको कोठमा मलाई मेरो शरिर पुरै बन्धक बनाए मेरो शरिरको बिभिन्न भागमा छानी छानी लात्ती मुक्किले प्रहार गरि, भित्तामा टाउंको ठोक्काएर मलाई गम्भीर चोट अवस्थामा पु–यादै पुनः केही सुस्ताउन दिएर बारम्बार कुटपिट गरेको र मलाई कुटपिट पछी जबरजस्ती बलात्कार गरेको, बलात्कार पछी साथमै राखेको चक्कुले मेरो घाटी काटीदिने भनी बारम्बार घाटीमा चक्कु राखेर बिभिन्न नग्न तथा अर्धनग्न फोटो, भिडियो बनाउने अडियो रेकर्ड गर्ने र गर्न नमानेमा नग्न भिडियो तथा गोप्य कुराहरु सार्वजनिक गरिदिने भनी योजना बद्ध किसिमले घटना पछी सार्वजनिक भएमा आफु बच्ने किसिमले सामान्य कुरा गरेको जसरी मिलाइ{– मिलाई अडियो भिडियो बनाउने देखि पिडकले रातभरी मेरो पुरै जिन्दगी कब्जामा लगेर चोट नदेखिने ठाउं भन्दै शरिरको भागमा छानी छानी यातना लिएर बलात्कार गरेको थियो ।
 गत मंसिर १८ गते राती उक्त ————–होटेलमा भएको घटना पछी बिहान पख पिडक निदाएको मौका छोपी मेरो आफनै स्कुटीमा म त्यहांबाट अर्कोदिन मंसिर १९ गते बिहान करीब ५ बजे त्यहांबाट भागी कोहलपुर स्थित आफनै घरमा गएकोमा पिडकले पुनः फोन गरि मोबाईल अफ गरि बेपत्ता भएमा वा बोलाएको ठाउंमा नआएमा होटेलमा मलाई बलजफती हतियारको भरमा बन्धक बनाई पिडकले बनाइएको मलाई बोल्न लगाएर रेकर्ड गरिएको अडियो नग्न बनाएर खिचिएको भिडियो र मेरो मोबाईलमा भएका निजि गोप्य कुराहरु सार्वजनिक गरिदिने भन्दै दांया/बाया गरेमा मारिदिने सम्मको डर त्रास पिडकले बारम्बार दिदै आएको थिए ।
म मंसिर १९ गते बिहान भागी गएकोमा पुनः त्यही सामाजिक सञ्जाल र आफन्तहरुलाई मेरा अडियो/ भिडियो सार्वजनि गर्ने र आफन्त लाई देखाएर त नै खराबहोस पार्ने धम्क दिएपछी पनि म आउन नमानेपछी पिडकले यस अघि नै मेरो सम्पुर्ण जानकारी लिइसकेको निज अपराधीले स्वयम मलाई लिन १९ गते बिहान ७ बजे मेरो घर कोहलपुर पुगी मेरो गोप्य कुरा तथा होटेलमा बलजफती बनाईएका नग्न तथा अर्धनग्न अडियो तथा भिडियोलाई हतियारकोरुपमा प्रयोग गरि यताउता पनि जान नदिई मलाई बन्धककै रुपमा राखी त्यहांबाट मेरो स्कुटीमा बसाली पुनः भेरी होटेलमा ल्याई कोठामा लगि धाकधम्कीकुटपिट गरि नियन्त्रणमा राखेकोमा १९ गते बिहान अन्दाजी करीब ९ बजे कोठमा आलुपराठाको नास्ता खुवाएर होटेलबाट दिउसो करीब २ बजे निकाली मेरो बस पार्क बाईपास रोडमा रहेको कोठामा लगि बन्धक बनाई राखेको ।
 
मलाई बन्धक बनाईराखेको कोठाबाट आफु कोठाबाट बाहिर निस्किदा मेरो मोबाईमा खिचेको भिडियो देखाउदै तल माथी गरेमा सार्वजनिक गरिदिने भन्दै धम्काउदै कोठा बाहिरबाट ताला लगाएर जाने र बाहिर निस्कने परे मेरो स्कुटीमा संगै लिएर जाने गरेको र सो बीचमा मंसिर १८ गते देखी मंसिर २५ गते सम्म कोठामा ताला लगाई बन्धक बनाएकोमा मंसिर २५ गते सांझ कोठमा ताला नलगाई गएकोले म उक्त कोठाबाट मंसिरको २६ गते बिहान करीब ५ बजे भागी ज्यान बचाउन सफल भएकोमा पिडकले मेरो आफन्तकोमा आउने र फेरी डर त्रास देखाउन सक्ने भएकाले म भागी मेरो चिनजानको एक जना साथी कैलालीको टिकापुरमा गएर लुकि छिपि बसेको थिए ।
 सोही क्रममा मंसिर २८ गते पिडक मलाई पुनः खोजतलास गदै मेरो कोठामा आएकोमा कोठामा मलाई नभेटेपछी मेरो घरपरिवार तथा चिनाजानीका मानिसहरुलाई मलाई नियन्त्रणमा लगि बनाईएको भिडियोहरु देखाउदै हिडेको र मेरो घरमा गएर मेरो बुवा ——–लाई तेरो छोरी मेरो सम्पर्कमा नआए मारिदिने धम्की दिदै आएको छ ।
 मेरो बुवाको नाममा रहेको स्कुटी कब्जा गरि पिडकले चलाउदै आएकोमा आफनो नाममा नामसारी गरिदिन नगरे मारिदिने पिडsले फोनबाट बुवालाई समेत धम्की दिईरहेको अवस्था छ ।
 मेरो मेगा र नबिल बैंकबाट जारि गरिएको एटिम कार्डहरु, कोठामा अरुबाट पाउनुपर्ने गरि मेरो नाममा जारि गरिएको मेगा बैकको रु २५ लाखको बाउन्स चेक, मेरो हस्ताक्षर गरिएको र नगरिएको मेगा, एनआइसी, नबिल, साइनरेसुगां र नेपाल बैक लिमिटेड बैंकको चेकहरु, सुनबाट बनेका करीब २ तोलाको मेरो गहनाहरु: १ सेट कानबाली, २ वटा औठी र १ कानको झुम्का, मेरो बुवा——को नाममा रहेको भे ९ प——- नम्बरको मेरो स्कुटर, मेरो नामबाट निकालेको मेरो दुरसञ्चार कम्पनीको नम्बर थाह नभएको नयां मोबाईल सिम समेत नियन्त्रणमा लिइगएको अवस्था छ भने र मैले बिगत ३ बर्ष देखी प्रयोग गदै आएको मेरो एनसेलको मोबाईल नम्बर ९८२५—– सिम नियन्त्रणमा लगि उक्त सिम एनसेलको नेपालगञ्ज स्थित क्षेत्रिय कार्यालयका निज पिडकका साथी ——-संग मिलि आफनो नाममा सिम निकाली निज पिडक तथा अपराधीले दुरुपयोग गर्दै आएको अवस्था छ ।
 
हाल पनि निज र निजको श्रीमतीले प्रयोग गर्ने गरेको मोबाईल सिम तथा वाटस एपबाट लिखित तथा मौखिक रुपमा यो लेख्दा सम्म पनि ज्यान मार्ने सम्मको धम्की आईरहेकाले निज अपराधीलाइ अभिलम्ब नियन्त्रणमा लगि मेरो ज्यू ज्यानको सुरक्षा गरि पाउनका साथै निज अपराधीहरुलाई अपराध बमोजिम आवश्यक अनुसन्धान गरि कडा भन्दा कडा कार्बाही गरिपाउन यो निवेनद पेश गरेकी छु ।
 निवेदकले प्रहरी कार्यालय बांकेमा चढाउन तयार गरिएको निवेदन पत्रमा उल्लेख गरिएको र निवेदनलाई कानुनी भाषामा ढालेर कानुन ब्यवसायी मार्फत जाने क्रममा घटनाको पिडित पक्ष बाटो बाटै बेपत्ता भएको र निजले प्रयोग गर्ने मोबाईल नम्बर सम्पर्क बिहिन अवस्थामा छ । डर त्रासका कारण जानकारी दिने ब्यक्तीको नाम समेत नखुलाईदिन गरिएको आग्रह बमोजिम खुलाईएको छैन ।
 यस घटनामा पिडितले आफु भन्दा पिडक शक्तीशाली महसुस गरेकाले कानुनी प्रक्रियामा नगएको हुनसक्ने निकट ब्यक्तीहरुले बताउदै आएका छन । पिडितसंग गरिएको कुराकानीको आधारमा तयार पारिएको हो । पिडित ब्यक्ती डर/त्रास र लोभलालचको कारण होस्टाईल हुनसक्ने भएकाले घटनाका पात्रहरु हाल हटाईएको छ ।
सामाजिकरुपमा यस्ता घटना गोप्यरुपमा हुनेभएकाले सबै सजग र सर्तक रहेर यस्ता घटना नदोहरिउन भन्ने उदेश्यले यो अपराध जगतको प्रतिनिधिमुलक घटना अपुरो भएपनि संक्षेपमा यहां उल्लेख गरिएको छ ।