कर्णाली चिसापानी बाट नियन्त्रणमा लिइएका ९ जना भारतिय प्रहरी सकुशल हस्तान्तरण


२ माघ, नेपालगञ्ज/  बुधबार अपरान्ह नेपाल–भारत सिमाना जमुनहाबाट नेपाल प्रबेश गरेका ९ जना भारतिय प्रहरीलाई प्रदेश नम्बर ५, ६ र ७ को संगम स्थलको रुपमा रहेको कर्णाली पुलबाट नियन्त्रणमा लिएर नेपाल प्रहरीले सकुशल भारतिय प्रहरीलाई जिम्मा लगाएको छ ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपालको सिमा क्षेत्र नजिकै रहेको बहराइचको नानपारा नजिक मोतीपुरमा बुधबार एक कार्यक्रममा आएको समयमा उक्त कार्यक्रम स्थलका सुरक्षाका लागि बिभिन्न ठाउंबाट परिचालित सुरक्षाकमिहरु आएकोमा नेपाल नजिक आएको समयमा घुम्न जाने उदेश्यले नेपाल प्रबेश गरेको उक्त भारतिय प्रहरीले नेपाल प्रहरी समक्ष जानकारी दिएको छ ।

मोतीपुरमा कार्यक्रम सकिएपछी नेपालको जमुनहा हुदै नेपालगञ्ज स्थित प्रख्यात बागेश्वरीमाताको दर्शन गर्न आएको आफनो टोली बिना जानकारी बर्दिया राष्ट्रिय निकुञ्ज हुदै बर्दिया र कैलालीको सिमानामा पर्ने कर्णाली पारि चिसापानी बजारमा समूहगत रुपमा ९ जना भारतिय प्रहरीलाई नेपाल पहरीले फेला पारि सोधपुछ गर्दा कुनै ठाउंमा जानकारी नगराएर के उदेश्यले आएको हो नबताएपछी कैलाली प्रहरीले प्ररारम्भीक जानकारी लिएर बर्दिया प्रहरी मार्फत बांके प्रहरीलाई बुझाएको थियो ।

बांके प्रहरीले पनि ति भारतिय प्रहरीहरुले नेपाल-भारत जमुनहामा गाढी तथा आफनो इन्ट्री गरेको र बागेश्वरी मन्दिर सम्म नेपाल प्रहरीले पु–याएकोमा बजारमा सामन्य किनमेल गर्न लागेको समयमा जमुनहाबाट सहयोगको लागि खटिएको प्रहरी जमुनहा फर्केको र लगत्तै उक्त भारतिय प्रहरी टोली कोहलपुर, बासगढी, भुरिगाउं इलाका प्रहरी कार्यालय क्षेत्र पार गदै र बर्दिया राष्ट्रिय निकुञ्ज हुदै कर्णाली पुगेको थियो ।

नेपालमा आउने समुहगत वा अन्य भारतिय सुरक्षा निकायका ब्यक्ती वा बिशिष्ट ब्यक्तीहरुले नेपाल प्रबेशका लागि आवश्यक सुचना तथा जानकारी अनिबार्य गराउनुपर्नेमा बुधबार भारतिय उक्त प्रहरी टोली बिना जानकारी चिसापानी पुगेको पाइएको हो ।

भारतिय नागरिकको सुरक्षा तथा उदेश्य समेत थाह नपाएर नेपालमा हुने जुनसुकै क्षती कम गर्न नेपालले बैदेशिक आगमनको लागि अतिथि देवं: भव मुलमन्त्र अंगिकार गरेपनि बेला बखत त्यसको दुरुपयोग गरेको पाइएकोले बुधबार सूचनाको अभावमा भारतिय प्रहरीको ९ जनाको टोली कर्णाली पुगेकोमा बुधबार सांझ करिब ७ बजे सबै प्रक्रिया पु–याएर नेपाल–भारत जमुनहाबाटै भारतिय प्रहरी फिर्ता गरिएको इलाका प्रहरी कार्यालय जमुनहाका प्रमुख माधव रिजालले जानकारी दिनुभएको छ ।

भारतिय प्रहरी समूहगतरुपमा आएपनि हतियार बिहिन रहेको र नेपाल घुम्ने प्रयोजनाको लागि आएको पाइएकोले आवश्यक सूचना सहित फिर्ता गरिएको नेपाल प्रहरीले जनाएको छ। उक्त घटनामा नेपालका ३ जिल्ला पार गरेर भारतिय प्रहरीको झुण्ड कणाली पुगेको थाह नपाउनु भने सुरक्षामा कमजोरि भने रहेको पाइएको छ ।

९ जना भारतिय प्रहरीलाई नेपाल पहरीले फेला पारि सोधपुछ गर्दा..clicks video