नेपाल र भारतिय प्रहरीको नेपालगञ्जमा जोइन्ट अपरेशन : १ जना करोडपति ब्यापारी सहित ३ जना पक्राउ

३ माघ, नेपालगञ्ज/  भारतिय दुतावासको आग्रह र नेपाल सरकारको सहयोगमा नेपाल प्रहरी र भारतिय प्रहरीको अपराध अनुसन्धान तथा नियन्त्रण टोलीले शुक्रबार नेपालगञ्जमा सयुंक्त रुपमा जोइन्ट अपरेशन गरि १ जना करोडपति ब्यापारी सहित ३ जनालाई पक्राउ गरिएको छ ।
भारत सरकारले नेपालको परराष्ट्र मन्त्रालय मार्फत नेपाल प्रहरीका प्रहरी महानिरिक्षक तथा प्रदेश नम्वर ५ र ७ का प्रहरी प्रमुखहरुलाई समेत सम्बोधन गरि एक पत्र लेखी भारतको हैदराबादमा घटेको एक घटनालाई लिएर उक्त घटनासंग सम्वन्धीत केही ब्यक्ती नेपाली नागरिक रहेकोले ति ब्यक्तीहरुलाई कानुनी दायरा तथा प्रक्रियामा ल्याएर कार्बाही गरि सहयोग गर्न काठमाण्डौं स्थित भारतिय दुताबासले पत्र लेखेको आधारमा शुक्रबार नेपालगञ्जमा जोइन्ट अपरेशन गरिएको हो ।

भारतको तर्फबाट २ जना अनुसन्धान अधिकृत सहित भारतिय टोली र नेपालबाट कैलाली स्थित जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिएका प्रहरी निरिक्षक लक्ष्मीराज जोशी समेतको टोलीले शुक्रबार नेपालगञ्जको न्यूरोड स्थित वालेरमा शंकरको घर तथा सुन पसलमा जोइन्ट अपरेशन गरेको हो ।

नेपालगञ्ज उप–महानगपालिका वडानम्बर २ न्यूरोडमा रहेको बाले मुन्नाको नामले प्रख्यात बालेरमाशंकर पसलमा छापा मार्न आएको उक्त टोलीले जिल्ला प्रहरी कार्यालय बांकेको समन्वयमा करीब ३ घण्टा लामो अनुसन्धान तथा छानबीन गरि भारतको हैदराबाद स्थित गौचिवोलीको गुणपति भिल्ला नम्बर ७१ निवासी केरथी रेडडीको घरमा यहि सन २०२० जनवरी ४ तारिखको ३ बजे भएको चोरी तथा डकैती सम्वन्धी एक अपराधको घटनासं सम्वन्धीत रहेको पाइएकाले छापा मारि घटनासंग सम्वनधीत ब्यक्तीलाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार बालेरमाशंकर ज्वलर्सबाट उक्त पसलका प्रोपराइटर शत्रुघन गुप्तालाई नेपाल–भारतको जोइन्ट अपरेशन टोलीले पक्राउ गरि शुक्रबार सांझ नै जिल्ला प्रहरी कार्यालय कैलाली पु–याएको छ ।
गुप्तासंगै कैलालीको लम्की नगरपालिका वडानम्बर १ चुहाका ३६ बर्षिय खगेन्द्र बहादुर शाही सोही ठाउंकी सुनिता शाहीलाई पक्राउ गरेको छ ।
घटनाको सम्वन्धमा नेपाल प्रहरीले भारतको हैदराबादमा चोरी तथा डकैती घटना भएकोले भारपतय प्रहरीको अनुरोधमा अपराध अनुसन्धानमा प्रक्रियागत रुपमा आएकाले सहयोग जनाएको छ ।

स्रोतका अनुसार भारतको हैदराबादको गौचिवोलीको गुणपति भिल्ला नम्बर ७१ निवासी केरथी रेडडीको घरबाट बिभिन्न ठुला तथा साना गरि ९ किसिमका मुल्यवान सयौं पिस डाइमण्ड, ७७ तोला सुन र ४ लाख भारतिय रुपैया गरि करोडौं रुपैया बराबरको धनमाल चोरी भएकाले उक्त घटनाको अनुसन्धान गर्ने गदै जाने क्रममा भारतिय प्रहरी र नेपाल प्रहरीको अपराध अनुसन्धान टोली शुक्रबार नेपालगञ्ज आइपुगेको हो ।

घटनाका सम्वन्धमा नेपालगञ्जबाट पक्राउ परेका शत्रुघनको पारिवारिक स्रोतले पसलमा समान किनबेचमा कसैले गलत उजुरी दिएकाले अनुसन्धानको लागि प्रहरीले शत्रघनलाई लिएको बताएको छ ।

प्रहरीले भने चोरीको समान किनेको बयानको साबिति बयानको आधार र चोरी भएको केही समान बरामद गरिएको ले आवश्य कार्बाहीका लागि पसलका सञ्चालक तथा मुख्य अभियुक्तलाई पक्राउ गरिएको जनाएको छ ।घटनाको सम्वन्धमा आवश्यक अनुसन्धान भैइरहेको प्रहरी स्रोतले बताएको छ ।