नेपालगञ्जको कारकादोमा करोडौं लागतमा सदभाव कलर हाउस सञ्चालनमा

३ माघ,नेपालगञ्ज / नेपालगञ्जको कारकादोमा करोडौं लागतमा शुक्बारबाट सद्भाव कलर हाउस सञ्चलनमा ल्याइएको छ । बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसको शुक्रबार एक भब्य समारोको आयोजना गरि उद्घाटन गरिएको छ ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले रिवन काटेर औपचारिक उद्घाटन गर्नुभएको छ । अध्यक्षय बैश्यले ब्यापार ब्यवसायमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यका साथ खोलिएको सद्भाव कलर हाउसको सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत संघका अध्यक्ष बैश्यले भने मेरो नयाँ घर निर्माणको कार्य चलिरहेकोछ, म आफ्नो घरमा बर्जरकै पेन्ट खरिद गर्छु उहांले औपचारिक कार्यक्रममा आफ्नो प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बर्जर पेन्टको आधिकारिक विक्रेता सद्भाव कलर हाउसले बाँके सहित बर्दिया, सुर्खेत, दाङ्ग लगायतको क्षेत्रमा विक्रिवितरण गर्ने सद्भाव कलर हाउसका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो । उहांका अनुसार करोड बढी लागतमा सद्भाव कलर हाउस सञ्चालनमा आएको र अरु भन्दा सस्तो गुणस्तरिय सेवा दिने समेत जानकारी दिनुभएको थियो ।