३ माघ,नेपालगञ्ज/ बाँके जिल्लामा विगतको बर्षहरुको तुलनामा अपराध अनुसन्धानकको सङ्ख्यामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ । विगत पाँच वर्षयता बाँकेमा घटेको घटनाको तथ्यांक हेर्दा अपराध अनुसन्धानको सख्या बढेको पाइएको हो ।
आर्थिक वर्ष २०७१/ ०७२ मा ७ सय ३८, २०७२/ ०७३ मा ७ सय ५५, २०७३/०७४ मा ८ सय ५५, २०७४/०७५ मा १ हजार २१ र २०७५/०७६ मा १ हजार एक सय ५६ मुद्दा कानुनी दायरामा आएको शुक्रबार पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
ति सबै मुद्दा बिभिन्न ६१ वटा शीर्षकमा दर्ता गरि कानुनी कार्बाहीका लागि अगाढी बढाएकोमा अधिकांस मुद्दामा प्रहरीले सफलता पाएको जनाएको छ । जुन प्रत्येक वर्ष क्रमश ५.१५ प्रतिशत,२.२५ प्रतिशत, ११.७० प्रतिशत, १६.२५ प्रतिशत र ११ प्रतिशतले बृद्धि भएको जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको पञ्च वर्षिय अपराध तालिकाले प्देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको पञ्च वर्षिय अपराध तालिकामा आव ०७१/०७२ देखि आव ०७५/०७६ सम्म बाँकेमा कर्तव्य ज्यान अन्र्तगत ७९, ज्यान मार्ने उद्योगमा १ सय ३१, सवारी चोरी ४३, बहुविवाह ९७, बालविवाह १०, जबरजस्ती करणी १ सय ९४, मानव बेचविखन ७०, सवारीसाधनबाट ज्यान गुमाएका २ सय ६६, लागुऔषध ७ सय १०, अपहरण ४१, बाल यौन दुराचार २३ र बैकिङ्ग कसुर १ सय ४७ वटा मुद्दा दर्ता भएको छ ।
यो अवधिमा दर्ता भएका मुद्दा मध्ये सबैभन्दा बढि लागु औषधमा ७ सय १०, सवारी साधनबाट ज्यान गुमाएका २ सय ६६, ज्यान मार्ने उद्योग १ सय ३१ र बैंकिङ्ग कसुर १ सय ४७ मुद्दा दर्ता भएकाछन् ।
चालु आर्थिक वर्षको पुष मसान्त ६ मअिना सम्म ५ सय ६४ मुद्दा दर्ता भएको बाँके प्रहरीको तथ्यांकले देखाएपनि यो ६ महिनाको अवधिमा ६ सय २३ मुद्दा दर्ता भएकोमा ५ सय ६९ मुद्दा फच्र्यौट भएको र बाँकी ५४ वटा मुद्दा अनुसन्धानको क्रममा बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक वीरबहादुर ओली बताउँनु भएको थियो । उहांले यस अवधिमा विभिन्न मुद्दामा ८ सय ६ जनालाई कानुन सम्वत तरिकाले पक्राउ गरिएको जानकारी दिनुभएको थियो । ।
आफु जिल्ल प्रहरी कार्यालय बा।केमा आएदेखी पछीले छ महिनामा अवधिमा कर्तव्य ज्यान ६, ज्यान मार्ने उद्योग १८, चोरी ६२, लागुऔषध १ सय ८, जुवा १२, जवरजस्ती करणी २७, मानवबेचविखन ४, सवारीसाधनबाट ज्यान गुमाउने २७, सवारीबाट अगंभगं हुने ७, बाल यौन दुव्र्यवहार ५, सार्वजनिक शान्ति विरुद्धको कसुर ५४, अभद्र व्यवहार १ सय ४०, आत्महत्या दुरुत्साहन ३ र बैकिङ्ग कसुर अन्र्तगत ६ वटा मुद्दा दर्ता भएकाछन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रमुख एसपी ओलीले आमनागरिकमा प्रहरीप्रतिको विश्वास बढेका कारण मुद्दाको चाप बढेको जिकिर गर्नुभयो । उहांले भन्नु भयो‘हिजोसम्म प्रहरी समक्ष आउन हिच्किचाउनेहरु आज न्याय प्राप्तिका लागि सहजै प्रहरी कार्यालय आउने र मुद्धा दर्ता गर्ने गरेका छन् । यो अपराधरहित समाज निर्माणको लागि राम्रो पक्ष हो ।’
यसैबीच, बाँके प्रहरीले संगठन तर्फ राम्रो कार्य गर्ने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको जनाएको छ । यो अवधिमा अधिकृत सहित २१ प्रहरीलाई कारबाही गरिएको छ ।
हाम्रो संरचना । ४ माघ २०७६, शनिबार ०७:१३