नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्बाचनमा मिश्रीत परिणाम: अध्यक्ष सहित बहुमत सदस्यका साथ अध्यक्ष पदमा चुन्ना बिजयी

१२ माघ, नेपालगञ्ज/  नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्ष पदमा बहुमत सहित नेकपा समर्थित चुन्ना उर्फ अब्दुल वाहिद मन्सुरी अध्यक्ष पदमा बिजयी हुनुभएको छ ।
नेपाली कांग्रेस तथा राप्रपा र मधेशबादी दलहरुको समर्थनमा उठेका ललित कुमार रौनियारले चुन्नाको भन्दा २ सय ७६ मत अन्तरले हार बेहोर्नुपरेको हो ।
माघ ११ गते शनिबार सम्पन्न भएको नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्बाचणमा कुल मतदाता ३ हजार ४९ मा २ हजार ७ सय ९० मत खसेको थियो ।
उक्त मतमा अध्यक्ष पदमा नेकपा समर्थित चुन्नाले १ हजार ५ सय १० मत ल्याएर बिजयी हुनुभएको छ भने प्रतिद्धन्दी ललित कुमार रौनियारले १ हजार २ सय ३४ मत ल्याउनु भएको छ ।

उपाध्यक्ष पदमा उद्योग तर्फबाट नेकपा समर्थित समाबेशी प्यानल आदेश कुमार अग्रवाल निर्वाचित हुनुभएको छ । बाणिज्य तर्फबाट नेपाली कांग्रेस सर्थित अमित बस्नेत निर्वाचित हुनुभएको छ।

निर्वाचनमा  समावेशी प्यानललाई नेपाल कम्युनिष्ट पार्टी नेकपा, संघिय समाजबादी फोरम लगायतको राजनितीक पार्टीको समर्थन रहेको थियो ।

साझा प्रजातान्त्रीक प्यानललाई नेपाली कांग्रेस र राप्रपा र केही साना मधेशबादी दलको समर्थन रहेको थियो ।

अध्यक्ष पदमा निर्बाचित चुन्नाले समावेशी र प्रतिद्धन्दी रौनीयारले साझा प्यानलबाट निर्वाचनमा सहभागिता जनाउनु भएको थियो ।

उपाध्यक्षमा  अग्रवाल समावेशी र बस्नेत साझा प्यानलबाट उम्मेदवार बन्नुभएको थियो । ।

संघको निर्वाचन परिणाम अनुसार १२ जना सदस्यका लागि भएको निर्वाचनमा समावेशी प्यानलबाट हरिलाल न्यौपाने, चिरञ्जीवी ओली, श्यामसुन्दर अधिकारी, विजय भण्डारी बासु, मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंक बहादुर धामी र भिम बहादुर रानाभाट तथा साझा प्रजातान्त्रिक समुहबाट टंक प्रसाद शर्मा, बिन्दु चर्ती मगर, बिष्णु प्रसाद श्रेष्ठ र टेक बहादुर खड्का विजयी हुनुभएको छ ।

एसोसियट तर्फ साझाबाट संजय अग्रवाल र समावेशीबाट दिपेन्द्र बिष्ट निर्वाचित हुनुभएको छ भने बस्तुगत तर्फ साझाबाट सलाउद्दीन जसगढ निर्वाचित भएका छन । अर्को बस्तुगत सदस्यको मत बराबर भएको निर्वाचन समितीले जनाएको छ ।

मत परिणाम