जुम्लामा माटो खानीमा पुरिँदा सासु–बुहारीको मृत्यु

 

 

१४ माघ,जुम्ला/जुम्लाको चन्दननाथ नगरपालिका वडानम्बर ४ सिंहाचौरमा रातो माटोको खानीमा पुरिएर एकै घरका सासु– बुहारीको मृत्यु भएको छ।

घर लिप्ने रातो माटो लिन जुम्ला जिल्लको मालाभिडको जंगलमा गएकी ४५ वर्षीया सासु नाक्चु सुनार र २५ वर्षीया बुहारी स्यान सुनारको माटो खन्ने क्रममा खानी भासिँदा पुरिएर मृत्यु भएको जिल्ल प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक लालबहादुर धामीले जानकारी दिनुभएको छ ।

उखानी भासिँदा माटोमा पुरिएका नविना ऐडी र पञ्चकन्या सुनार गम्भीर घाइते भएकोमा उहांहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।