नेपाल लगायत १६ देशमा कोरोना भाइरस फैलियो: भाइरसका कारण चीनमा १३२ जनाको मुत्यू, ६ हजार जनामा संक्रमण

Photo: The New work times

१५ माघ,चीन/  चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या मंगलबार सम्म १ सय ३२ पुगेको छ।। भाइरसका कारण ५ हजार ९ सय ७४ जनामा संक्रमण भेटिएको छ।
२ हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ।
वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ। विश्वभर फैलिएको यो सक्रंमणले अलिहे महामारीका रुपमा लिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

अहिले सम्म चीन बाहेक नेपाल सहित १६ देशमा यसको संक्रमण फैलिएको छ।  अमेरिकामा पनि यसको सक्रमण फैलिएपछि आफ्ना नागरिकलाई चीन यात्रामा जाँदा पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ। चीनभन्दा बहिर भने हालसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन। बिभिन्न समाचार एजेन्स्हिरुको रिपोर्टबाट