प्रहरी प्रमुखबाट नेपालगञ्जमा लागु औषध नियन्त्रणका लागि नि:शुल्क कानूनि तथा मनोसमाजिक प्ररामर्श केन्द्र उदघाटन


२२ माघ, नेपालगञ्ज/  पारिवारिक तनावमा रहेका अधिकांस युवा–युवतीहरु कुलतमा लागेको एक अध्ययनले देखाएको छ ।
नेपालगञ्ज स्थित क्षेत्रिय लागुऔषध नियन्त्रण इकाई कार्यालयका अनुसार बांके, बर्दिया, सुर्खेत र दांग जिल्लामा यो लागु औषध प्रयोग कर्ताहरुको श्रृखला हेर्दा स्थित भयावहको अवस्था रहेको छ ।

इकाई कार्यालयका प्रमुख प्रहरी निरिक्षक बीर बहादुर थापाका अनुसार नेपाल–भारत खुला सिमाना क्षेत्रको फाइदा उठाउदै भारतको रुपैडिहा स्थित बिभिन्न औषधी पसलबाट लागु औषध प्रयोग कर्ताहरुले सजिलै प्राप्त गर्न सक्ने बिभिन्न किसिमका लागु औषध प्रयोग गरेर नेपाल फर्कने गरेको र नेपालमा पनि जटिल किसिमको लागु औषध प्रयोग गर्ने श्रृखला बढेको पाइएको जानकारी दिनुभएको छ ।

पछील्लो युवा पिढी बिशेष गरि युवतीहरु समेत लागु औषधको प्रयोग गर्ने क्रम बढे संगै नेपाल सरकारले पनि गृह मन्त्रालय मातहतमा रहने गरि छुटटै लागु औषध नियन्त्रण इकाई गठन गरेर कार्य गर्दै आईरहेको छ । लागु औषध नियन्त्रणको लागी नेपाल प्रहरीले ठाउंको ठाउं कार्बाही तथा नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ ।

लागु औषध प्रयोग कर्ताहरुको अवस्था भयाबह बन्दै गएकाले यसको रोकथाम तथा परामर्शका लागि नेपाल सरकारको नियमित बजेटबाट नेपालगञ्जको वडानम्बर १० गणेशमान चौक नजिक रहेको पुरानो एसएसपी कार्यालय भवनको जिर्णोद्धार गरि प्रहरी र नेपालगञ्ज उप–महानगरपलिकाको सहकार्यमा लागु औषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि कानूनि तथा मनोसमाजिक निशुल्क प्ररामर्श केन्द्र आज बुधबार देखी सञ्चालनमा आउने भएको छ ।

केही दिन भित्र अवकास लिनुहुने नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक सर्वेन्द खनालले नव सञ्चालित उक्त केन्द्रको बुधबार दिउसो १ बजे एक औपचारिक समारोह बीच उदघाटन गर्ने जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी उपरिक्षक वीर बहादुर ओलीले जानकारी दिनुभएको छ ।