नेपालगञ्ज स्थित नापी कार्यालयमा अख्तियारको छापा: ३५ हजार नगद सहित २ जना पक्राउ

२२ माघ, नेपालगञ्ज/  नेपालगञ्ज स्थित नापी कार्यालय,बाँके बाट सेवा ग्राही बाट घुस लिँदै गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जले बुधबार अपरान्ह २ जना लाइ नापी  कार्यालय परिसर बाट पक्राउ गरेको छ ।

नापी कार्यालय बांकेका सर्बेक्षक नासु याम बहादुर खत्री र लेखापढी ब्यवसायी प्रताप केसी लाई ३५ हजार नगद सहित पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।

पक्राउ परेका ब्यक्तीहरु तथा पैसाको सम्वन्धमा बुधबार नै नापी कार्यालय परिसरमा नै छानबिन गरि घटना बिवरणको मुचुल्का उठाउने काम गरिएको छ ।

सबै प्रक्रिया मिलाएर गरिका ठुला भ्रष्टाचारका घटनामा सेलाएको अख्तियार साना तथा खुद्धा भ्रष्टाचारमा भने सक्रिय नै रहेको घटनाक्रमहरुले देखाएको छ ।

नापी कार्यालय स्रोतले भने नापी कार्यालयमा उल्लेखनिय सुधारको पहल गर्ने र भ्रष्टाचार तथा ढिलासुस्ती हटाउन भुमिका खेल्ने इमान्दार कर्मचारी नै षडयन्त्रपूर्वक तरिकाले फसाईएको नापी कार्यालयका कर्मचारीहरुले उक्त घटनापछी टिप्पणी गरेका छन ।