आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल ओमानसँग १८ रनले पराजित

२२ माघ,काठमाडौँ/ आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा बसधबार भएको पहिलो खेलमा नेपाल ओमानसँग रन रेटको आधारमा पराजित भएको छ ।

बुधबार बिहान त्रिवि क्रिकेट मैदानमा भएको ऐतिहासिक उद्घाटन खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो । ओमानले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ७९ रनमा समेटिएको हो ।

नेपालका लागि शरद भेषवाकरले अर्धशतकीय इनिङ्सको योगदान दिएका थिए । १ सय ७ बलको सामना गरेका उनले ५५ रन जोड्दै आउट भए । यस्तै दिपेन्द्र सिंह ऐरीले ३६ रन, सन्दीप लामिछानेले २८ रन, विनोद भण्डारीले २६ रन, सुशन भारी ८ रनमा तथा आरिफ शेख ६ रनमा आउट हुँदै पेभेलियन फर्किए । ओपनरद्धय कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा तथा पूर्वकप्तान पारस खड्का ३ रनमा आउट भए ।

ओमानका जिशन मक्सुदले ३ विकेट लिदाँ बिलाल खान र कलिमउल्लाले समान २र२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । ओमानका लागि मोहमद नदीमले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । सन्दीप गौदले ३३ रन जोड्दा कप्तान जसन मसुदले २० रन बनाए ।

नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए । सुशन भारीले ३ विकेट हात पारे । उनको यो डेब्यु खेल रहेको थियो । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे ।

यससँगै विश्वकप छनोट अन्तर्गत रहेको लिग(२ मा नेपालले हारबाट सुरुवात गरेको छ । अब नेपालले अमेरिकासँग शनिबार खेल्ने छ ।

सम्बन्धित शीर्षक