पत्रकार दम्पतीद्धरा विवाह गरेको २५ बर्ष पुगेको शुभ अवसरमा आश्रय विहीनहरुसंग सहभोज

२२ माघ, नेपालगञ्ज/  पत्रकार शरण कर्माचार्य दम्पतीले विवाह गरेको २५ बर्ष पुगेको शुभ अवसरमा वार्षिकोत्सव मनाउदै नेपालगञ्जमा आश्रय विहीनहरुसंग सहभोज कार्यक्रमको आयोजना गर्नुभएको छ ।

बाँकेको खजुरा निसारी  एबिसी न्युज टेलिभिजन प्रदेश नम्बर ५ का ब्यूरो रिपोर्टर शरण कर्माचार्यले आफ्नो विवाहको २५ औ वार्षिक उत्सवको अवसर पारेर नेपालगञ्जको बांके गाउं  स्थित निलसागर सेवा आश्रममा रहेका ७० बढी अशक्त, बेसहारा र सडक आश्रित नागरिकहरुलाई दिवाभोज गराएर आफनो विवाहको २५औं वार्षिकोत्सव मनाउनु भएको हो ।

३ वर्ष पहि लेदेखि नेपालगञ्जमा सञ्चालनमा आएको आश्रममा ५५ जना अशक्त, बेसहारा, वुद्धवृद्धा, सहारा बिहीन महिला तथा १२ जना अनाथ बालबालिकाले आश्रय लिइरहेका छन् ।
आश्रम सञ्चालनको लागि स्थायी आयस्रोत नभएका कारण घरभाडा तिर्न तथा नियमित आश्रितहरुलाई खाना, खाजा साथै लत्तारकपडामा समस्या पर्दै आएको आश्रमका सञ्चालक सरिता खनालले सो क्रमममा जानकारी दिनुभएको थियो । स्थानीय सरकारबाट प्राप्त सिमित अनुदान र स्थानीय दाताहरुको सहयोगबाट आश्रम सञ्चालन भइरहेको छ ।

सहभोज कार्यक्रममा बोल्दै नेपालगञ्जका बरिष्ट पत्रकार पुर्णलाल चुकेले फजुल रुपमा गरिने खर्च समाजसेवामा लगाउँदा मनमा शान्ती र पुण्य प्राप्त हुने बताउन बताउनु भएको छ । पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष झलक गैरेले रचनात्मक कामको सबैले अनुशरण गर्नुपर्ने बताउनु भयो ।

उत्सव मनाउन आश्रम पुगेका कर्माचार्यले वृद्धवृद्धाहरुको मुस्कानमा आफ्नो माता पिताको स्मरण गराएको बताउँदै सामाजिक काम गर्न प्रेरित गर्ने अगुवाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

आश्रमका सञ्चालक अमन सुवेदीले सडकमा बेसहारा बनेर बस्न बाध्य आश्रय विहीनहरुको जिम्मा सरकारले लिनुपर्ने बताउदै असहाय, अशक्त, बेसहारा, अभिभावकविहीन सडक आश्रित मानवमुक्त समाज बनाउने सरकारको अभियानलाई आफुहरुले सफल बनाएरै छाड्ने बताउनु भयो ।

निलसागर सेवा आश्रमले बाँके, बर्दिया र दाङमा सडक आश्रित मानव मुक्त समाज बनाउने अभियान सञ्चालन गर्दै आएको छ । बाँकेको खजुरा, कोहलपुर र नेपाललगञ्ज उपमहानगर सडक आश्रित मानव मुक्त पालिका घोषणा भई सकेका छन् भने फागुन भित्र दाङका ३ वटा नगरपालिकामा घोषणाको तयारी भइरहेको सेवा आश्रमकी अध्यक्ष सरिता खनालले बताउनु भयो ।