प्रहरी प्रमुख सर्वेन्द्र खनालबाट नेपालगञ्जमा ‘परामर्श केन्द्र’ र फोरन्सिक ल्यावको उद्घाटन

२२ माघ, नेपालगञ्ज/ लागू औषधको प्रयोग,रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगञ्ज उप–महानगरपालिकाको सहकार्यमा नेपालगञ्जमा निशुल्क कानूनी तथा मनोसामाजिक ‘परामर्श केन्द्र’ बुधबारदेखि सञ्चालनमा आएको छ ।

नेपालगञ्जको गणेशमान चोक नजिक रहेको संघीय प्रहरी इकाई कार्यालय कर्णाली प्रदेशको जग्गामा रहेको पुरानो भवनमा निशुल्क परामर्श केन्द्र सञ्चालनमा आएको हो ।

त्यसैगरी सोही परिसरमा प्रहरी अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले निर्माण गरिएको प्रहरी बिधि विज्ञान प्रयोगशाला (फोरन्सिक ल्याव) को नवनिर्मित भवन समेत बुधबारबाट संचालनमा आएको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले बुधबार एक औपचारिक कार्यक्रम बिच दुई वटै इकाईको बिधिवत रुपमा उद्घाटन गर्नुभएको छ । महानिरिक्षक खनालले उद्घाटन गरेसँगै ‘परामर्श केन्द्र’ र बिधि विज्ञान प्रयोगशाला संचालनमा आएका छन ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरिक्षक खनालले नेपालगञ्जमा स्थापना भएको प्रहरी बिधि विज्ञान प्रयोगशालामा बैज्ञानिक परिक्षण हुने भएपछि बाँके जिल्ला मात्र नभएर ५ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश समेतलाई सुविधा हुने बताउनु भयो ।

पछिल्लो समय धनी र घरानिया परिवारका ब्यक्तिहरु समेत लागू औषध दुब्र्यसनीमा फसिरहेको तथ्यांक प्रस्तुत गर्दै खनालले प्रयोगकर्तालाई सुधार गृहमा राखेर मात्र समस्याको समाधान नहुने भएकाले रोक्न सबै पक्ष र तप्का जाग्नु पर्ने औल्यानु भयो ।

प्रहरी प्रमुख खनालले नेपाल प्रहरीको तथ्यांकले नेपालका निजि तथा सरकारी बिद्यालयमा समेत लागु औषधको प्रयोग गर्ने
रिपोर्ट आएको र त्यस्तो क्रियाकलाप भए/गरेको छ छैन भन्ने बिद्यालय ब्यवस्थापन पक्ष लगायत अभिभावकहरु चनाखो भएर सोधी खोजी गर्नुपर्ने बेला आईसकेको बताउनु भयो ।

लागू औषध नियन्त्रण ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार लामाले सो परामर्श केन्द्रबाट लागू औषधका दुव्र्यसनी तथा कारोबारीलाई सुधारात्मक, उपचारात्मक र दण्डात्मक पद्धतीको प्रयोग गरी मनोसामाजिक विमर्शका साथै कानूनी उपचारको समेत निशुल्क परामर्श दिईने जानकारी दिनु भयो । उहांले परामर्श केन्द्रमा लागू औषध प्रयोगकर्तालाई बिज्ञ परामर्शदाताबाट निशुल्क रुपमा सेवा प्रदान गरिने बसमेत जानरकाी दिनुभयो।

२०६९ सालको राष्ट्रिय जन गणना तथ्यांकको रेकर्ड अनुसार नेपालमा अप्राकृतिक रुपमा मृत्यु हुनेको संख्या ८० रहेको र जस्मा लागु औषध सेवनबाट अत्याधिक मात्रा रहेको छ ।
नेपालमा ७० प्रतिशत अपराध लागू औषध कै कारण हुने गरेको भन्दै लामाले गाँजा र मदिरा सेवनकर्ता बाहेक २ लाखको हाराहारीमा लागू औषध प्रयोगकर्ता रहेको र पछिल्लो समयमा लागू औषध प्रयोगकर्ता ११=३८ प्रतिशतले बढिरहेको जानकारी दिनु भयो ।

‘प्रहरीले कारबाही गरेका र सुधार गृहबाट उपचार गरि फर्केका मध्ये ९५ प्रतिशत फेरि कुलत मै फसेको पाईएको छ’ उहांले भन्नु भयो ‘अब कारबाही र उपचार मात्र नभएर लागू औषध सेवन गर्नाको कारण पहिचान गरि त्यसलाई निराकरण गरि लागू औषध प्रयोगको समस्यालाई पुर्ण रुपले समाधान गर्नुपर्छ ।’

कार्यक्रममा स्वागत गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले नेपालगञ्जमै विधि बिज्ञान प्रयोगशाला संचालनले नियन्त्रणमा लिइएका सामग्रीहरुको वैज्ञानिक परिक्षणका लागि काठमाडौ पठाउनु पर्ने र रिपोर्ट आउन ढिला हुँदा मुद्दामा पनि स्वत ढिला हुने समस्या अब देखि हट्ने बताउनु भयो ।

प्रहरी उपरीक्षक वलीले बाँकेमा गत ४ वर्षमा ५ सय ९७ अपराध सम्बन्धि मुद्दा दर्ता भएकोर जसमा ५ वर्षमा ७ सय ८ लागू औषध सम्बन्धि मुद्दा दर्ता भएकोमा १ हजार १ सय २५ जनालाई पक्राउ गरिएको गरिएको जानकारी दिनुभएको थियो ।

ईन्जिनियर प्रहरी निरीक्षक दिपक केसीले बिधि बिज्ञान प्रयोगशाला नेपाल प्रहरीको आफ्नै स्रोत र साधनका साथै नियमित बजेटबाट निर्माण गरिएको बताउनु भयो । उहांले भ्याट समेत गरी २ करोड ८२ लाख ३१ हजार ६ सय रुपैयाँ लागतमा नवनिर्मित भवनको निर्माण सम्पन्न भएकोजानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा। धवल शमशेर राणा परामर्शकर्ता दिपेन्द्र कुमार जोशी, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले मन्तव्य दिनुभएको थियो ।

नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शमशेर राणाको अध्यक्षतामा सप्पन्न कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक सुरेश बिक्रम शाहले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम संचालन जिल्ला प्रहरी कार्याल बांकेका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले गर्नुभएको थियो ।