बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा जथाभावी गर्ने/गराउने उपर कार्बाही गर्ने मन्त्रीपरिषदले निर्णय कार्यन्वयन भएन (बृस्तीत डकुमेन्ट सहित}

नेपालगञ्ज/  नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा बिना आधार रैतान नम्वरी कायम गरि बिक्री बितरण गर्ने गराउने ब्यक्तीलाई भ्रष्टाचार निवारण ऐन २०१७ तथा २०५९ बमोजिम कार्बाही गरी बागेश्वरी गुठीको जग्गा फिर्ता गर्ने मन्त्री परिषदले निर्णय गरेको छ ।

गत माघ ६ गते बसेको मन्त्री परिषदको बैठकले सरकारी,सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धी जांचबुझ आयोग २०७६ को प्रतिबेदन कार्यन्वयन गर्ने बिषयमा छलफल गर्ने क्रममा आयोगको प्रतिवेदन बिज्ञ ब्यक्तीहरुको लामो खोज तलास र अनुसन्धानबाट प्रतिवेदन प्राप्त भएकोले उक्त प्रतिवेदन अक्षरस पालना गर्ने निर्णय गरेको हो ।

प्रतिवेदनमा बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा जथाभाबी बिना कानुनी आधार बिक्रम सम्वत २०२७, २०२८ र २०५७ सालमा ब्यक्तीको नाममा रैतानी परिणत गरि बिक्री बितरण गरिएको पाइएको आयोगले आफनो प्रतिवेदनमा उल्लेख गरेको छ ।

मन्त्रीपरिषदले कार्यन्वयनका लागि निर्णय गरिसकेको आयोगको प्रतिवेदनमा मन्दिरको ८४ बिघा जग्गा मध्य १७ बिघा जग्गा रैतानी भनी आफनो नाममा दता गर्ने गराउने कार्य गरि साविक सनदहरुबाट प्राप्त आम्दानीबाट बागेश्वरी मन्दीरको पूजा चलाई शेष कसरसम्म पुजारीले खाने गरि साविक देखी बन्दोवस्त भई आएकोमा मन्दिरका पुजारीले मन्दिरको जग्गा तर्फ नै दावी गरि विना आधार रैतानी जग्गा भनी आफना नाममा राखी वेचबिखन समेत गरेको कार्यबाट निज मन्दिर पुजारीबाट धर्मलोप भएको प्रष्ट देखिने अवस्था रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनमा बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विना कानुनी आधार गुठी तैनाथी र रैतानी परिणत गरि आफनो नाममा लिएर बिक्री बितरण गर्ने गराउने पुजारीहरु र हाल सो जग्गा कमाउने ब्यक्तीहरुले भ्रष्ट्राचारजन्य कार्य भएको हुनाले अधिकार प्राप्त निकायबाट थप अनुसन्धान कार्बाही हुन र सो जग्गा पूर्ववर्त बागेश्वरी गुठीको नाममा कायम गर्नका लागि मालपोत कार्यालय बांकेलाई दिर्नेशन दिन समेत नेपाल सरकार समक्ष सुझाव पेश गरेको थियो ।

उक्त प्रतिवेदनका अनुसार मन्त्रि परिषदले गरेको निर्णयमा बागेश्वरी मन्दिरको उक्त ८४ बिघा जग्गा ब्यक्ती बिशेषका नाममा गएको जग्गा ततकाल रोक्का राखी ब्यक्ती बिशेषका नाममा गएको जग्गा बदर गरि उक्त जग्गा गुठी संस्थान ऐन २०३३ को दफा ५२ बमोजिम बागेश्वरी गुठीको नाममा गर्ने निर्णय गरेको छ ।

बागेश्वरी मन्दीरको जग्गा आफनो तैनाथी र रैतानी भनी आफनो नाममा भएको जग्गा फिर्ता लिन नपाईने भनी आन्दोलनमा उत्रिएका ब्यक्तीहरुको जग्गाको फिल्डबुकमा जग्गा आफनो नाममा भएपनि आफुहरुले कमाएको जग्गा बागेश्वरी मन्दिरकै हो भनी हस्ताक्षर तथा औठा छाप लगाएका छन ।

बागेश्वरी मन्दिर सम्वन्धी हाल सम्म भए गरेका केही प्रमाण बृस्तीर रुपमा तल राखीएका छन । कृपया हेनुहोस…….

बागेश्वरी मन्दिरको जग्गा सम्वन्धी पहिलो समाचार…..

जग्गा जांचबुझ आयोगको बांकेसंग सम्वन्धीत प्रतिवेदन पेज…..  

 

     मन्त्रीपरिषदको निर्णय……

मुख्य सचिवले सम्वन्धीत सचिवलाई लेखेको पत्र……

भुमि ब्ष्वस्था तथा अभिले बिभागको मालपोत कार्यालयलाईलाइ पत्र….

मन्दीरको नाममा रहेको जग्गा आफनो नाममा लग्नु अघी कुन कित्ताका जग्गाधनीले के भनेर फिल्डबुकमा हस्ताक्ष्र गरेका छन ..?

यो जग्गा बागेश्वरी मन्दिरको हो भनी  भुलसुधार गर्न राजी भएको भनी फिल्डबुकमा हस्ताक्षर गर्नेहरुको विवरण……