लागुऔषध नियन्त्रण इकाई कार्यालय नेपालगञ्जमा कार्यरत नेपाल प्रहरीका प्रमुख बीर बहादुर थापासंग गरिएको संक्षिप्त कुराकानीको केही अंश…….
प्रश्न: नेपालगञ्ज क्षेत्रमा लागु औषध प्रयोग अवस्था कस्तो छ ?
एकदमै भवावह अवस्था छ । आक्कल झुक्कल छोडेर घरैपीच्छे कुनै न कुनै किसिमको लागु पदार्थको सेवन गर्नेहरुको संख्या अत्याधिक रहेको छ ।
प्रश्न: कस्तो किसिमको लागु औषध कस्ले प्रयोग गर्ने गरेको पाईएको छ ?
बिशेष गरि पारिवारिक सम्वन्ध सुमधुर नभएका हाई स्कुल पास गरेका वा नगरेका युवायुवतीहरु बढी प्रभाबित छन । त्यसमा बिगतका दिनहरुमा प्रयोग गर्नेहरुको सख्या बजारमा बढी थियो भने हालका दिनहरुमा हल्का बजार रहेको गाउं क्षेत्रका युवा युवतीहरुले बढी प्रयोग गर्ने गरेको पाइन्छ ।
यो अली बढी उमेर भएकाहरुले कोरेक्स, अन्य टयाबलेटहरुको प्रयोग गरेको पाइन्छ भने कम उमेरकाले सिधै ब्राउन सुगरको प्रयोग गर्ने गरेको पाइन्छ । बांके बर्दिया, सुर्खेत र दांग क्षेत्रमा ब्राउन सुगर प्रयोग गर्नेहरुको संख्या बढी छ भने सिरिन्जबाट प्रयोग गर्ने डाईजापाम सेटहरुको संख्या पोखरा र काठमाण्डौंका लागि नेपालगञ्ज क्षेत्रबाट त्यता बेच्न लैजाने गरेको अवस्था छ ।
प्रश्न: यो लागु औषध कहांबाट कसरी ल्याउछन ?
यो खुला सिमानाको फाइदा उठाएर यो कडा खालको लागु औषध भारतबाटै नेपालमा आउने गरेको छ । भारतिय प्रयोग कर्ता तथा लागु औषध ब्यापारीहरु नेपालकासंग मिलेर गर्ने गरेको पाइन्छ । भारतमा करीब सरदर ३५०० नेपाली रुपैयाको एक हजार मिलि ग्राम ब्राउन सुगर किनेर ल्याउने र नेपालमा त्यसलाई १ हजार मिलिग्राम नै भनेर रु ७००० हजार सम्म ८०० मिलिग्राम अन्य प्रयोग कर्तालाई बेच्ने र बांकी २०० मिलिग्राम आफैले प्रयोग गर्नेक्रमको श्रृखला रहेको छ ।
यो डाईजापाम सेटमा ३ किसिमको लागु औषध एउटैमा मिसाएर एउटै सिरिन्जबाट प्रयोग गर्ने गरेको जुन भारतमा ९० रुपैया भारतिय रपैयामा पाइैने उक्त सेट पोखरा र काठमाण्डौंमा रु १० हजार सम्म एउटा सेट बिक्री गर्ने गरेको पाइएको छ ।
प्रश्न: यो लागु औषध कहां कस्तो किसिमका ब्यक्तीहरुले प्रयोग गरेका छन ।
नेपालगञ्जमा एउटा बिद्यालयका एक जना अभिभावकको आशंकाको सूचनालाई पछयाउदै जांदा एउटा हाई लेभलको बिद्यालयको सम्पूण कक्षा कोठाका बिद्यार्थीले चाख्ने नाममा लागु औषधको लतमा फसेको पाइएको छ ।
कारकादो स्थित एक दम्पती खोकीको औषधी प्रयोग गर्ने क्रममा बिस्तारै कोरेक्सको लत लागेर त्यो लत छुटाउन पुनस्थपना केन्द्रमा नै जानुपर्ने अवस्था आएको छ ।
कोहलपुर मेडिकल कलेज प्रशासनसंग मिलेर पनि यो रोकथामको लागि कडा मेहनत गर्नुप–यो ।
हाल पहिल्य बिभिन्न जांड रक्सी सेवन गर्ने र हालैका दिनमा धर्म तथा बिचारका नाममा उक्त सेवन छोडेपछी त्यसको सटटा अन्य बिभिन्न लागु औषध प्रयोग गर्नेहरुको गाउं गाउंमा ठुलो सख्यामा बृद्धि भएको पाइएको छ । यो लागुऔषध प्रयोग गर्नेहरु नै अन्य अपराधमा बढी संलग्न रहेको पाइएको छ ।
प्रश्न: यो लागु औषध प्रयोगकर्ता वा कारोबारीलाई के कस्तो कानुनी ब्यवस्था छ ?
यो लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार १ देखी २५ ग्राम सम्म कारोबार गर्नेलाई ५ बर्ष देखी १० बर्ष सम्म कैद र ५ हजार देखी २५ हजार सम्म जारिवाना सजाय तोकिएको छ । त्यसै गरि २५ ग्राम देखी माथी १०० ग्राम सम्म १५ बर्ष देखी जन्म कैद र ५ लाख देखी २५ लाख सम्म जरिवाना वा दुबै सजाय हुने कानुनी ब्यवस्था रहेको छ ।
प्रश्न: यसलाई रोकथामका लागि के गर्न आवश्यक छ ?
यो एउटा भयावहको अवस्था छ । यसलाई रोकथाम गर्न सबै भन्दा पहिलो परिवारबाटै ध्यान दिन जरुरी छ । बिद्यालयमा पनि शिक्षक तथा बिद्यालय ब्यवस्थापन समितिले ध्यान दिनुप–यो । सबै सचेत नागरिकले यदी कुनै ब्यक्ती कुलतमा लागेको छ भन्ने लागेमा नजिकको काउन्सिलिंग, सुधारकेन्द्रमा सम्पर्क गर्ने, कानुनी पाटाका लागि प्रहरीमा सम्पर्क गर्ने सबै अभिभावक सचेत र सजग भएर आफना बालबच्चाको निगरानी गर्ने गरेमा यसलाई रोकथाम गर्न सकिन्छ ।
हाम्रो संरचना । २७ माघ २०७६, सोमबार ०९:३४