जिल्ला प्रहरी कार्यालय मुगुका ततकालीन २ जना प्रहरी प्रमुख अख्तियारको हिरासतमा

८ फागुन हुम्ला/ आर्थिक अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका अवकाश प्राप्त २ जना प्रहरी नायब उपरिक्षकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रहरी प्रमुख भएर काम गरेका डिएसपी त्रिलोक चन्द र कृष्णबहादुर कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरि हिरासतमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत लेखापाल बीरेन्द्र चन्दसँग मिलेर प्रहरीको तलब, रासन लगायतको बजेट हिनामिना गरेको आरोपमा आयोगले दुबै जना डिएसपीलाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको छ । मुगुका तत्कालीन लेखापाल बीरेन्द्र चन्दलाई पनि आयोगले छानबीनको क्रममा नियन्त्रणमा लिएको जनाएको छ ।

आर्थिक बर्ष ०७०/०७१ मा जिल्ला प्रहरी कार्यालय हुम्लामा बजेट हिनामिना भएको अख्तियारमा उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत नै नरहेका प्रहरीको नाममा किर्ते हस्ताक्षर गरी तलब निकासा गरी अनियमितता गरेको खुलेपछि आयोगले छानबिन अघि बढाएको थियो । अनियमिततामा संलग्न तत्कालीन लेखापाल सइ चन्दलाई प्रहरीले सेवाबाट पहिले नै बर्खास्त गरिसकेको थियो  भने आरोपित दुबै जना डिएसपीले राजीनामा दिईसकेका थिए ।

अनियमिततामा दुबै जना डिएसपीकै मिलेमतो आर्थिक हिनामिनामा प्रहरीको माथील्लो निकायबाट छानबिनमा आरोपितहरुलाई जोगीएकोमा अख्तियारमा उजुरी परेपछि प्रारम्भिक छानबिन गरी उनीहरू पक्राउ गरिएको हो । त्यतिवेला प्रहरीलाई व्यक्तिगत रूपमै तलब दिइने भएकाले यस्ता अनियमितता भएको हो । हाल बैंक खाता मार्फत तलब र रासन भत्ता निकासा हुने गरेको छ ।