महाभारतको पुर्नलेखन मानिएको पुस्तक अश्वत्थामाको चिरफार

पुस्तकको चिरफारकर्ता : मुनाराज शेर्मा

महाभारतको पुर्नलेखनका साथै स्थापित सत्य माथि नै प्रश्न प्रथम अभिष्ट हो, अश्वत्थामा । लाग्छ अश्वत्थामाको संसारमा प्राचिन धार्मिक ग्रन्थहरूको समयानुकुल पारेर खण्डीय पात्रीय वा बैचारिकी तवरले पुर्नलेखन गरिएको छ ।

महाभारतको पनि धेरै लेखन मध्ये यो एउटा पछिल्लो लेखन हो । जुन महाभारतीय शास्त्रीयतालाई सामन्यीकरण गर्ने प्रयाश गरिएको छ । लेखकले रामायणको लङ्का युद्धलाई रावण कथामा पहिले नै बेजोड लीला गरेका छन् ।

– ज्याक्डेरिडा हुँदै आई. बि. राईबाट झापा छिरेको लीलाको केन्द्रियता महाभारतको कृष्ण हो । दुई कृष्ण हुँदै कुमार सम्म आउँदा महाभारत उप्काएर हेरे । रामायण पहिल्यै अरामयण, रावण भैसकेको हो । यो पाली राधा हुँदै अश्वत्थामा भयो । युधिष्ठिर र अर्जुनको विस्थापनमा दुर्योधन र अश्वत्थामा उभ्याएर केन्द्रियताको रिप्लेसमेन्ट गराएका छ्न । महाभारतलाई नयाँ दूर्योधनीय केन्द्रबाट ब्याख्या गरिएको छ । निहारिकाले नारीय केन्द्रियतामा महाभारतलाई भत्काइसकेकी छिन्।

– नायकी सत्यमाथिको प्रश्न अश्वत्थामाको सबैभन्दा शक्तिशाली पक्ष हो । पाँच पाण्डवीय युधिष्ठिरको सत्यवादिता र कृष्णको महानता हिन्दुत्वको सर्वा्धिक महत्वको सत्यको दर्शन माथि अश्वत्थामाले प्रश्न गरेको छ । जुवाडे,स्त्री लम्पट खास समयमा हत्याका लागि झुट बोलेर युद्ध जित्न लालयित हुने युधिष्ठिर नायक सत्यको नायक हुन सक्छ ? साथै छली, शान्ति भन्दा अशान्तिको युद्धको याचक , कानुन र आचार संहिताको उलङ्घन कर्ता जातिलाई छुवाछुत मान्ने कृष्ण कसरी महान र नायक हुन सक्छ ?

नायक त विपन्नको ,सत्यको, जातिको समानताको लागि काम गर्ने इमानको सत्यलाई अंगीकार गर्ने , छुवाछुतको बिरोधी दुर्योधन नायक हुन सक्छ ? भिष्म पितामह नारी अपहरणकारी नारीको अधिकारलाई कुन्ठित गर्ने कसरी पितामह हुन सक्छ ? जस्ता कठोर प्रश्न लिएर आएको छ,अश्वत्थामा ।

– महाभारतीय शास्त्रीय तिलस्मी वर्णन भन्दा जीवन्त, लौकिक ,समाजपरक,यथार्थवादी भोग्य कर्मवादी प्राकृतिक तवरले व्याख्या गरिएको घटना आदिको सामन्यीकरण गरिएको छ । देवत्वकरण पक्ष निरुत्साहित छ । कल्पित स्वर्ग भनिएको क्षेत्र सुन्दरतम हिमाली क्षेत्र नै हो भनी जहाँ पाँच पाण्डवको पोष्टवार हिमाल यात्रामा हत्या गरिएको छ अश्वत्थामाबाट ।

– वाहुनवादको संरचनाको फेहरिस्त देखिन्छ । द्रोण बाहुन पुत्र हो । बाहुनले शास्त्र अध्ययन प्रशिक्षण गर्ने, भिक्षा माग्ने, गाइ दानमा प्राप्त गर्ने बाहेक अन्य पक्ष गर्न नहुने सिमामा बाधिएर बाँच्छ । द्रोणले छोरा अश्वत्थामालाई दूध ख्वाउन नसकी पिठो पानीमा घोलेर ख्वाएको क्षणले पिरोलिएको कारूणिक चित्र छ । गाई माग्न द्रुपदकहाँ जाँदा, गाई नपाएको, मित्रले द्रोणलाई अपहेलना गरेको जस्ता अपमानित क्षणले शास्त्रज्ञ ज्ञानी द्रोण भित्र बदलाको भावना चरम हुन्छ । सारा वेद वेदाङ्ग उपनिषद अध्ययन गर्ने द्रोण कसरी गोमन जस्तो विष बोकेर बाँच्यो ?क्षमाशिलता किन प्रयोग भएन ? यसको एउटा कारण मनुस्मृतिको वर्ण व्यवस्थाको पालक हो । ज्ञानी क्षमाशील बाहुन,अज्ञानी र इखको पोखरीसँग बाँच्यो । राज्यले अन्याय गर्दा पनि भात र शक्तिको लागि बाँच्यो । आफ्नो विद्यालय वा युनिभर्षिटीमा पढ्दै नपढेको एकलब्यलाई बुढी औंला शुल्क लियो । दाजुभाई मारामार गर्दा पनि नुनको सोझो गर्दै काटमार हेरिरह्यो ।

बाहुन क्षत्री कुल बाहेकलाई शिक्षा दिएन । तर आफ्नो सन्तान अश्वत्थामालाई राजा बनायो शुल्कको रूपमा आफ्नै विद्यार्थी दुरुप्रयोग गरेर । पढाउँन गएको मास्टरले विद्यार्थी प्रयोग गरेर आफ्नो निजि शत्रुसँगको रिसइबी साँध्न मिल्छ ? फेरी म मित्र मान्दिन भन्न त पाउँछ जो सुकैले । त्यति भन्दैमा त्यत्रो बबन्डर मच्चाउनु मुर्खको काम होला ! ज्ञानीको त हैन कदापि ।

ब्राह्मणृबाहुनेहरू महाभारत कालीन समयमै आर्थिक पहुँचको सिमान्त सिमितताले ज्ञानी तर सुशुप्त इखालु क्रोधी भए । आफ्नो पक्षमा रहेको शास्त्रलाई आफू अनुकुल उपयोग गर्दै आएका थिए । जो हालसम्म दक्षिण एसिया भारत र नेपालमा प्रमुख पदहरूमा छन् । धर्मलाई केन्द्रमा राखेर राजनीतिलाई प्रभावित गरेका छन् । लेखकले त्यो सत्यलाई अश्वत्थामामा सरल ढङ्गले चित्रण गरेका छन्। त्यस प्रभाव नै ब्राह्मणवाद ृवाहुनवादेहो ।

महाभारत रामायण पुराण जतिको शक्तिशाली कृतिले नै बाहुनहरुलाई धैर्यवान तर इखालु,कट्टर र षडयन्त्रकारी बनायो । नेपाल भारतका अन्य जातिको धार्मिक आख्यान र शास्त्रहरूमा महाभारत र रामायण जतिको तिकडम चालबाजी धोकाधडी र षडयन्त्र पाइदैन । आदिवासी जनजातिहरू तागाधारीको तुलनामा आर्थिक राजनैतिक पहुँचको सुचकांकमा एक ग्राफ मुनि हुनु शास्त्रीय प्रभाव नै हो देखिन्छ ।

कुनै आदिवासीले दूध खान नपाउँदा सायद त्यति इखालु बन्दैन थियो होला । जसरी एकलब्यले नपढेको शुल्क अम्लै दिँदा पनि पश्चताप गरेन इख राखेन । इख नभएको मान्छे … मूल मन्त्र हिन्दु शास्त्रबाटै निर्माण भएको रैछ । तामसी आहार सेवन नगर्नेहरु नै बैचारिक तामसी देखिएको छ । पछिल्लो राजनैतिक दर्शनमा समावेशिता विभेदरहित समाजको निर्माणमा त्यो वाहुनवादी दर्शन बाधक र कारक देखिए पछि पटकपटक आन्दोलन भए । वाहुनमाथि आरोप आयो । त्यो आरोपलाई लेखकले उठान गरेका छन्। तर कारणमाथि बोलेनन् । बोलेको भए राम्रो हुन्थ्यो ।

– महाभारतको जड शुत्रको रूपमा कृष्ण स्वयम देखिन्छ । सत्यवादी भनिएका युधिष्ठिर नै अर्का कारक छन् । भोगविलास र जिद्धी जुवाडे प्रवृति धेरै मध्ये एक कारण मानिन्छ । शक्ति संघर्ष र पितामहको जबरदस्ती नारी अपहरण,नारी अधिकारमाथिको बलजफ्ती समेत अन्य कारणहरू हुन् । जातिगत विभेद, नारी ईर्श्या, शक्तिको अस्वीकारोक्ति जस्ता लुप्त कारणहरू पनि विस्फोटक कारणको रुपमा थिए । सबैभन्दा शक्तिशाली कारण कृष्णको अहमलाई अर्जुन मार्फत प्रयोग गर्नु थियो । अन्य सबै शक्तिलाई नकारेर अर्जुनलाई श्रेष्ठ ठान्नु दोस्रो महाभूल थियो भन्ने प्रमाण सरल ढङ्गमा प्रस्तुत गरेका छन् ।

– युद्ध विभिषिका पूर्ण छ । गलत छ मुख्य सन्देश हो । संस्कृत महाभारतमा स्वर्ग हिडेका पाँच पाण्डव ’अश्वत्थामामा ’
पहाडतिरै कृपाचार्य र अश्वत्थामाबाट मारिन्छ । कृष्ण भिल्ल र अश्वत्थामाबाट मारिन्छ क्ष् द्रौपदी पश्चतापले गलेर आफ्ना लोग्नेहरूबाट छोडिन्छ त्यागिन्छ । यी सब कारूणिक मृत्युपूर्ण अन्त्यले
कोही सुपरह्यूम्यान थिएनन् भए पनि क्षमायोग्य थिएनन् भन्ने राजनैतिक सामाजिक सन्देश छ । सुपरह्यूम्यान हुँदैमा अपराधको माफ हुँदैन ।

– पोष्ट वार यौन लोकको चित्रणमा युद्धमा जवानहरू मारिएपछि आइमाई तरुनीहरुमा पुरुष अपहरण शुरु भयो । पुरुषले विर्य दान गर्नु पर्ने, असिमित यौन भोक समन गर्नुपर्ने, यौन असन्तुष्टिको महामारी शुरू भयो । पुरूषको लुछाचुढी भयो । महिला महिला समलिङ्गीहरू बढे । यस्तो भयानक यौन तिर्खाको पोष्टवार कल्पना छ उपन्यासमा ।

– महाभारतीय समयलाई वर्तमान राजनैतिक मिश्रण दिएको छ । पाँच पाण्डव र कृष्णको युद्ध कारक मनोवृत्ति र संहार कर्ताको दण्ड स्वरूप उनीहरूको हत्या र अन्त्य जनताले चाहेको देखाइएको छ । छलकपटले युद्ध जितेपछि, आफ्ना पुरुषहरु मरे पछि युद्धको अकल्पनीय संहार पछि पाँच पाण्डव र कृष्ण माथि प्रश्नहरू उठ्यो । बाँच्नेहरूले उनीहरू बिरुद्ध मोर्चाबन्दी गरे । उनीहरू पनि पश्चताप ग्लानी कुण्ठा भूलले फतक्क गलेर भत्भती पोलेको मनसँग

राजपाठ त्यागे । अर्जुन त रोयो नै । पापीको नष्ट गर्न पनि युद्ध सर्वथा सत्य हो भन्ने बिचार हानिकारक बिनासक हुन्छ भन्दै स्थापित आध्यात्मिक सत्य माथि अश्वत्थामाले धावा बोलेको छ । युद्ध जहाँ जहिले जसले भए पनि खराब हुन्छ भन्ने छ ।युद्ध योद्धाहरूको अहमको परिणाम हो । यो गौरवशाली हुँदैन सोचिएको मात्र हो । भए पनि सर्वथा पूर्ण हुँदैन भन्ने हो । युद्धले स्थापित मान्यताहरु माथि प्रश्न उठाएको छ । युद्ध पश्चात युद्धले छोडेकाहरुको घाउ सभ्यता भरी सम्बोधन हुँदैन । हजारौं बर्ष लाग्न सक्छ उल्टयाउँन । गोर्खाहरूले लडेको विश्वयुद्धको घाउ पुरा भयो त ? माआवादी जनयुद्धले कुल्चेको घाउहरू के लोकतन्त्रमा सम्बोधन होला ?

– वाहुन कायर हुन्छ । आरोप छ । यो सर्वथा गलत हो भन्छ अश्वत्थामाले । द्रोण ज्ञान र शस्त्रको विश्वविद्यालय थियो । छोरालाई अर्जुन भन्दा धेरै सीप दियो तर प्रयोग नगर्नु भन्यो । उनीहरू सबै भन्दा हतियारमा माहिर थिए । पछि पाण्डव र कृष्णको हत्या अश्वत्थामा र कृपाचार्यले गरे ।
उनीहरू जागीर र भात टिकाउन हतियार र शब्दको प्रयोग रोक्थे । त्यसैले कायर भए । ठिक बेलामा नबोल्नु हतियार प्रयोग नगर्नु कायरै हो । तर शक्ति सामर्थ्यले कायर देखिदैन । कायरता एउटा आवश्यक तर गयल साहास रहेछ । त्यो स्वार्थमा अल्मलिनु हुँदैन क्ष् बाबुको नियोजित हत्या पछि मात्र उसमा साहास आउँछ । साहास त्यो हो जो अरूका लागि पनि त्याग हुन्छ । आफ्नो लागि मात्र त स्वार्थ ज्यादा हुन्छ ।

– धर्नु विद्या सिकेको हिन्दुवादीहरू आज आर्चरीमा विश्वको कुनै खेलमा नामै छैन ।हिन्दुको ईश्वर राम कृष्ण अर्जुन सबै धनु चलाउँथे खै ओलम्पिकमा पदक जितेको । शिव धनु राख्ने राम जानकीमा कुनै आर्चरी खेल छ न कुनै योजना । यो सोच्नु पर्ने विषय हो । पोखरामा भट्टचनहरूले आर्चरी खेल्छन् । ओलम्पिकमा स्पेष बनाउँलान् । किराँतहरू एकलव्यको सन्तान भन्ने धनु नचलाउँने अशुभ कुरा हो । लि आबु धनु हान्ने लिम्बु आज धनु छुदैन । खुलामञ्चमा हारी राखेर ताँदो हानी प्रेमिका छान्ने आठपहरिया राईहरू गुमनाम छन् । आधुनिक एकलव्य राम द्रोण कृपा अश्वत्थामा कर्णहरू अर्जुनहरू धनु चलाऊ आर्चरी खेल र पदक ल्याउ तब न इतिहासको सम्मान हुन्छ ।
– महाभारतको एकलब्य नाभो ज्ञान प्राप्त गर्ने खुल्ला विश्व विद्यालय अध्ययन गर्ने विद्यार्थी हो जसले द्रोणसँग सम्बन्धन समकक्षता लिनै पर्दा बुढी औंला गुमायो ।

महाभारतीय समयमा सम्बन्धन समकक्षता कठिन थियो । माधवीले बिना सित्ती गालवको सम्बन्धनको लागि हजार पटक बेचिनु बलात्कृत हुुनुर्पयो। यी सब आजको भनिएको वाहुनवादको जड थियो जसले स्वयम् वाहुन र महिलाहरू समेत पिडित थिए । एकलब्यको औंठा छिन्ने कार्यको अश्वत्थामा र दुर्योधनले द्रोणको बिरोध गरेका थिए ।

– दूर्योधन नायक कसरी भन्ने जिज्ञासालाई लेखकले गरीबहरू प्रति पृय वर्णाश्रमको अध्याँरोको पक्षमा हार्दिक कृयाकलाप गर्ने, कर्ण एकलव्य जस्ता तथाकथित कुजातको पक्षमा डटेर वकालत गर्ने जातिय समानताको पक्षधरता । उनीहरूको वीरता कौशलको ज्ञानको प्रशंसा र सम्बन्धन वैधानिकता सम्बन्धमा कार्य गरेको । छटपटिरहेको एकलव्यलाई उद्धार गरेर वैद्य सम्म र्पुयाएको । जुवाको बिरोध गर्दै युधिष्ठिरलाई जुवा नखेल्न सुझाएको जस्ता महत्वपूर्ण घटनाले नायक स्थापित गर्छ जुन गुण पाण्डवहरूमा समेत थिएन ।

वैमन्यस्यता तुरुन्त बिर्सने जस्ता असल गुण समेत दूर्योधनमा पाइन्थ्यो । परम्परित महाभारतीय मान्यता भन्दा पृथक खोजमूलक तथ्य परक प्रमाणहरूले मान्यतामाथि विनिर्माण गरी दूर्योधनलाई नायक स्थापना गरिएको छ । यसले इतिहासको परम्परित मान्यतामाथि संखा गर्दै इतिहास र मान्यताहरू प्रश्नको घेरामा उभ्याएका छन् । इतिहास मान्यता र सिद्धान्तहरू भत्काउन पल्टाउन उल्टाउन पर्गेल्न आवश्यक छ र मात्र लोकतन्त्र मजबुत हुन्छ हार्नेहरू वा हराइएका गुमनाम बनाइएकाहरुको सम्बोधन हुन्छ लाग्छ ।

– महाभारतीय अष्ठ चिरञ्जिवि सिद्धान्त हिन्दु आध्यात्मिक दर्शनलाई केन्द्रीयता प्रदान गर्ने वैचारिकी हो । द्रोणले मनुस्मृतिबाट ग्रहण गरेको वर्णभेद छुवाछुत नेपाल र भारतमा यद्यपि काँचै छ । शास्त्रीय ज्ञान ब्रह्मज्ञान जातीय बन्धनले छेकेर हुर्काएको साँघुरो अद्यावदिक छ क्ष् ज्ञान साँघुरो हुँदैन बनाइन्छ । साँघुरो चिरञ्जिवी द्रोण शिर छेदन गरिए । नारी हिंसा लभर भिष्म पितामह आफ्नै अनुज अर्जुनबाट वाणको धारिलो ओछ्यानमा मारिए ।

चिरञ्जीवी किन मरे । आफैमा आश्चर्य हो । तर अश्वत्थामा ती अहमका लागि युद्ध चाहने युद्धका याचकहरूलाई हत्या गर्ने अश्वत्थामामा बाँचेर आए र लोकतन्त्रमा बिनिर्मित कथा भने । वास्तवमा चिरञ्जिवी चै ज्ञान सकारात्मक र वर्णभेद र जातियता नकारत्मकता मात्र रहेछ । जो भारत र नेपालमा बाँचिरहेको छ ।

दोस्रो पक्षलाई उखेल्न धेरै आन्दोलन भए। तथापि धर्मको आडमा यो काँचै छ । अमरताको वैज्ञानिकता विज्ञानले क्लोन आविस्कार र्गयो । लाभ भन्दा हानी अधिकता र कठिनताकै कारण यो पूर्ण सफल भएन । तथापि मान्छे अजम्बरी बनाउँन विज्ञान लागिरहेकै छ । नासाले अमिरहरुको लासलाई लास बैंकमा राख्ने र त्यो समयमा ब्यूँताउँने, जुन समयमा लासहरू ब्यूँझनेछन् स एउटा अलौकिक घोषणा गरेको छ । त्यतिखेर लेलिन पनि ब्यूँझेला किम इल सुङ सँगै । कस्तो होला त्यो संसार जब हजारौं बर्ष अघिको एक कम्यूनिष्ट सर्वहाराको प्रसिद्ध लिडर स तानाशाह, अमिर पुँजीपतीसँगै सुपर डुपर लोक, महालोकतान्त्रिक समयमा अतिसय डिजिटलाइज्ड पुस्तासँग ब्यूझिन्छ । जो सँग पर्शनल भर्ब्लि डिरेक्टेड जेटहरू दराजमा लुगा जस्तो झुण्डयाइएको हुन्छ । सुपर भर्च्यूएल संसार हुन्छ । मेनु सेट र भर्च्यूएल किचनसँगको मोबाएल सेट हुन्छ । त्यस समय पुरुष संकटमा हुन्छ । महिलाहरू पुरुषको अतिसय चाहनामा डिजिटल पुरूषहरू जन्मनेछन्। चिरञ्जिवी मान्छेको सुपर कल्पनामा विज्ञान यस्तो सोची रहेको होला । मानिसहरूको अमृत्युले जीवनदेखि घृणाहरू उब्जने छ । वाक्कदिक्कहरु व्याप्त हुनेछन् । इतिहाससँग कुनै गर्व हुने छैन । इतिहास आफै रोकिने छ । शमसानघाटहरू रित्तो रित्तो हुनेछ । मृत्यु लामो विदामा जानेछ । जीवनको आयु लम्ब्याउँन र कार्यदक्षता बढाउँन फ्यूचरेष्ट ओली जेनेरेसनहरू सर्भिस सेन्टर धाउँनेछन् । जीवनको काइदा काइदाको मोडिफाइ हुनेछ । त्यत्तिखेर पनि अमिरहरू ब्रान्डेड सर्भि्सिङ गर्नेछन् भने कमजोर र लापरवाहहरू थड फोर्थ टेन्थ कपि प्रयोग गर्नेछन् ।भय मात्र दामको रहनेछ । विमा कम्पनीहरु सर्वा्धिक नाफामा रहनेछन् । जब जीवन नै अमृत्यु हुनेछ । प्रेम बित्थाको हुनेछ । सबै काव्यहरू मृत्युको रसमा डुब्नेछ । मृत्यु सर्वा्धिक प्रेमिल र अप्राप्य हुनेछ ।साहित्य मृत्युको जीवनै जीवन हिड्ने छ । त्यत्ति बेर अश्वत्थामा अर्जुनधारामा इतिहास भनि रहने छैन । के यो इम्मोटल चिरञ्जिवी सम्भव छ ?