५ चैत्र, नेपालगञ्ज/ कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिइरहेका बेला नेपाल सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) सहित चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा अनिश्चितकालको लागि स्थगित गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले सरकारले एसईईसहित चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित भएको जानकारी दिनुभएको छ ।
नेपाल सरकारले उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना भाइरस (कोभिड–१९) रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले वैशाख ३ गतेसम्म कोरोना प्रभावित मुलुकका नागरिकको आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
त्यस्तै २५ जनाभन्दा बढी व्यक्ति भेला नहुन र वैशाख १८ गतेसम्म सिनेमा घर, रंगशाला, जिम, डान्स बार तथा क्लबहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ।
अन्तराष्ट्रिय हवाई उडान प्रतिबन्ध
कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार युरोपका सबै मुलुकबाट आउने यात्रुलाई हाललाई प्रतिबन्ध लगाउन अन्तराष्ट्रिय हवाई उडान रोकिएको छ ।
काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २६ वटा विदेशी र तीन वटा नेपाली गरी २९ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।
समितिले पश्चिम एशियाअन्तर्गत खाडी मुलुक, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने तथा ती मुलुकलाई ट्रान्जिट बनाई जुनसुकै मुलुकबाट आउने यात्रुलाई २० मार्च चैत्र ७ गते शुक्रबार मध्यराति देखि लागू हुने गरी १५ अप्रिल ( वैशाख ३ गते) सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
हाम्रो संरचना । ६ चैत्र २०७६, बिहीबार ०३:५७