लखनउबाट नेपालगञ्ज छिर्नसक्ने कोरानालाई यसरी रोकौं


नेपालको नेपालगञ्ज शहरबाट करीब १८० किमी दक्षिण तर्फ नजिक रहेको छिमेकी मुलुक भारतको लखनउ शहरमा कोरोना भाइरसले आफनो जालो फैलाउन कोशिस गरिरहेको भारतिय सञ्चार माध्यमहरुले जानकारी गराईसकेका छन ।

बिश्वब्यापी रुपमा फैलिएर १ सय ८८ मुलुकमा पुगीसकेको कोरोना भाइरसको जालोको रेशाहरु लखनउबाट भारतिय सिमा क्षेत्र हुदै नेपालगञ्ज तर्फ आउने हो कि ! भन्ने चिन्ता नेपालमा बस्नेहरु मानवहरुलाई परेको छ ।

यसको समयमै रोकथामको लागि सरोकारवाला निकाय सरकारी मानो खाएर जिम्मेवार पदमा बसेका ब्यक्तीहरुले समयमै अनेकन उपाय र तयारी गर्नु जरुरी छ । मानौ लखनउबाट नेपालगञ्ज तर्फ कोरोना आइरहेको छ ! भन्ने आसयका साथ त्यसलाई रोकथाम गर्न आवश्यक रणनितिहरु बनाएर कार्यन्वयनमा ततकाल जान जरुरी छ ।

नेपालगञ्ज र यस वरपर रहेका बसोबास गर्ने ब्यक्तीहरुले पनि मानौ सिमाना क्र्स गरेर कोरोना आउदै छ भन्ने मनसायका साथ केही दिन वा हप्ताका लागि सुरक्षाका सबै उपाय तथा तौर तरिका अपनाउन जरुरी छ ।

त्यसका लागि ततकाल भारतिय सिमा क्षेत्र क्र्स गरेर आउने ब्यक्तीको रोकथाम गर्ने । नेपाल आउनै पर्ने नेपाली नागरिक भए ति ब्यक्तीलाई चेक जांच गर्ने । सिमा पारिबाट आउने ब्यक्तीलाई शंकास्पद तरिकाले कम्तीमा २ हप्ता निगरानी तथा सेल्फ आइसोलेसनमा राख्ने ।

मानिस आवत जावत गर्नै सबै सार्वजनिक तथा ब्यापारिक प्रतिष्ठान जस्ता सार्वजनिक ठाउंहरु ततकाल मानव आवत जावतमा – बन्देज गर्ने ।
यो आउन सक्ने मानव बिपत्तीको लागि सबै नागरिकहरुले आ–आफनो मानविय तथा समाजिक जिम्मेवारी र कर्तब्य बहन गरेर यो बिपत्तीलाई टार्न सकिन्छ ।

नआत्तीयर नडराएर आफु र अरुका लागि आफनो कर्तब्य सम्झेर स्वइच्छाले जिम्मेवारीबोध गरेर इतिहासमै पहिलोपटक बिश्वमा देखापरेको कोरोना भाइरसका कारण शनिबार सम्ममा  १३ हजार भन्दा बढीको मुत्यू भईसकेको र यसबाट ३ लाख ७ हजार ६ सय २६ जना बिरामी परेको बिश्व स्वास्थ्य संगठनले जानकारी गराइ सकेको छ । यसको सबै भन्दा बढी मार इटालीमा परेको छ । नेपालमा कोरोना भाइरस रोक्न सकिन्छ सबैले बुझेर मनन गरेर आफनो कर्तब्य पालना गरौं ।

कोरोनाभाइरस: विश्वव्यापी महामारीबाट कुन देशमा कति सङ्क्रमण र मृत्यु:  थाहपाउन यहां क्लिक गर्नुहोस

 

कोरोनाभाइरस: सङ्क्रमण हुनबाट कसरी जोगिने र लक्षण देखिए के गर्ने